प्रेम आचार्यको आत्मदाहमा हामी दोषी छौँ : रवि लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको आत्मदाह गर्ने निर्णय फेर्न नसकेकोमा हामी दोषी रहेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।
उनले हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा आशा जगाउन नसकेकाले माफी समेत मागेका छन्।
गृहमन्त्री लामिछानेले ट्वीटरमा लेखेका छन्,’आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्यजी, नयाँ दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला।’
मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पताल उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

