गृहमा फर्कने रबिको गृहकार्य सफल होला त ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएको छ । गत शुक्रबार सर्वोच्चको संवैधानिक इजालसले रबि लामिछानेले विदेशी नागरिकता परित्याग गरेको निस्सा सरकारी अधिकारी समक्ष नबुझाएको भन्दै उनको नागरिकता अवैध घोषणा गरेको हो । सर्वोच्चले नागरिकता विवादमा रबिको सांसद पद खारेज गरेपछि उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेर पुनः नयाँ नागरिकता लिए । उनले निष्क्रिय रहेको नागरिकता प्रयोग गरी लिएको राहदानीसमेत राहदानी विभागमा पुगेर फिर्ता गरेका छन् ।
नागरिकता लिएसँगै लामिछाने गैरसांसदको रुपमा फेरि गृहमन्त्री बन्ने गृहकार्यमा छन् । यसबीचमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलगायतका सत्ता गठबन्धनका शीर्ष नेतसँग भेटिसकेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत बनिसकेका छन् । उनको पार्टी रास्वपाले गृहमन्त्रालय आफूहरुको भएको दाबी गर्दै आएको छ । गृहमन्त्रालय आफूले नपाए सरकार छाड्ने चेतावनीसमेत रास्वपाले दिइसकेको छ ।
एमाले अध्यक्ष ओलीबाट सहयोगको आश्वासन पाएपनि प्रधानमन्त्री प्रचण्ड भने रबिलाई गैरसांसदको रुपमा फेरि गृहमन्त्री बनाउन सकारात्मक छैनन् । नेपाली कांग्रेसले गैरसांसदलाई गृहमन्त्री बनाएको खण्डमा संसद अवरुद्ध गर्ने चेतावनी दिइसकेको छ । एमालेलाई राष्ट्रपतिको निर्वाचनमा सघाएर गृहमन्त्री आफ्नो पार्टीको भागमा राख्ने तयारीमा छन् प्रधानमन्त्री प्रचण्ड । गृहमन्त्रीको बारेमा आज माओवादी केन्द्रको पदाधिकारी बैठकमासमेत छलफल चलेको थियो । प्रचण्ड जसरी भएपनि गृह आफ्नो पार्टीमा राख्ने गृहकार्यमा छन् । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो पार्टीको भागमा शक्तिशाली मन्त्रालय नपाएपछि कमजोर देखिएका छन् । प्रचण्डले गृहमन्त्रीमा माओवादी केन्द्रबाट वर्षमान पुनलाई अघि सारेका थिए । तर, पुन लामो समयदेखि अस्वस्थ रहेका कारण शक्ति बस्नेतलाई गृहमन्त्री बनाउने प्रचण्डको तयारी छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

