गृहमन्त्रालय नपाए सरकार छोड्ने रास्वपाको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारी थालेको छ । आइतबार नेपाली नागरिकता लिएपछि पुनस्गृहमन्त्री बन्ने दौडधूपमा लागेका रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा गृहमन्त्रालयका लागि प्रधानमन्त्री दाहाल सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी थालेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार लामिछानेको नागरिकता विवादका कारण माओवादीका केही नेता उनलाई पुनस्गृहमन्त्रालय दिन तयार नभएको र बिहानको छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक थिएनन् । यता, सरकारमा सहभागी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उनै रविलाई नै पुनस् गृहमन्त्री बनाउन सहमत छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपाले सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृह मन्त्रालयसहित चार मन्त्रालय पाएको हो । सर्वोच्च अदालतले माघ १३ गते शुक्रबार रविको नागरिकता अवैध भएको फैसला गरेपछि लामिछाने पद तथा जिम्मेवारीबाट बाहिरिएका थिए ।
चितवन( २ बाट निर्वाचित लामिछानेको सांसद् पद खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविले पुनस् उम्मेदवारी दिने तयारी थालेका छन् । यद्यपि निर्वाचन आयोगले भने निर्वाचनको मिति निर्धारण गरेको छैन ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

