ओली र रविको थेग्नै नसक्नेगरि दबाब आउन थालेपछि देउवासँग सहकार्यको मुडमा प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग सहकार्यको लागि मुड बनाएका छन् । सत्ता गठबन्धनमा गृहमन्त्रालयको विषयले खटपट सुरु हुँदा दाहाल भने अर्को गठबन्धन बनाएर अघि बढ्ने बाटोतर्फ छन् । पछिल्लो समय सत्ता गठबन्धनको घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको कारण सांसद र मन्त्री पदबाट मुक्त भएका छन् ।
लामिछानेले अदालतको फैसलाबमोजिम पूनः नागरिकता प्राप्त गरेका छन् । नागरिकता प्राप्तिसँगै लामिछानेले पूनः गृहमन्त्रालयमा फर्कने कसरत गरेका थिए । तर, प्रधानमन्त्री दाहालले लामिछानेलाई गृहमन्त्रालय नदिने अडानमात्रै लिएनन्, उनी नेतृत्वको रास्वपालाई नै नदिने जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालसमक्ष लामिछानेले आफूलाई नै गृहमन्त्रीमा नियुक्त गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत दबाब दिएका छन् ।
ओलीले खुलेरै लामिछानेलाई गृहमन्त्री नियुक्त गर्न भनेका छन् । ओली र लामिछानेबाट अस्वभाविक दबाब आएकै कारण प्रधानमन्त्री दाहाल भने अहिलेको गठबन्धन भत्काएर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् । पछिल्लो समय आफू बन्धनमा बाँधिएको महशुस गरेका दाहालले सहकार्यको लागि कांग्रेस नेतृत्वसमक्ष प्रस्ताव पठाईसकेको स्रोतको दाबी छ ।
ओलीले प्रचण्डले कांग्रेससँग सहकार्य गर्नसक्ने देखेर नै राज्यमन्त्री दिएपनि कांग्रेस सरकारमा आउने टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई समेत ध्यान दिएर प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपालाई साथमा लिएर अघि बढ्ने मुड बनाएका छन् । पछिल्लो समय ओलीसँग पनि उनले गरमागरम वार्तालाप गरेको बालुवाटार स्रोतको दाबी छ । लामिछानेले भने आजबाट आफ्नो मौनता तोड्ने घोषणा गरेका छन् । उनले सरकारमा रहने वा नरहनेबारे आजै निर्णय लिने बुझिएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


