बालुवाटारमा आफूलाई अपमानित गरिएको भन्दै रवि प्रचण्डसँग फायर, आजै कडा जवाफ फर्काउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखेका छन् । सरकारमा रहने वा नरहने भन्नेबारे निर्णायक कदम चाल्नुअघि उनी पार्टीका केन्द्रीय सदस्यहरु र सांसदहरुसँगको छलफलमा जुटेका छन् । अहिले सो दलको बैठक जारी छ ।
आजको बैठकले पार्टी सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय गर्ने चर्चा छ । बैठक बस्नुअघि सभापति लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटेका थिए । सो भेटवार्तामा दाहालले लामिछानेलाई गृहमन्त्रालय मात्रै नभएर अब कुनैपनि मन्त्रालय दिन नसकिने आफ्नो अडान सुनाएका थिए । दाहालले आफूलाई अपमान गरेको भन्दै आक्रोशित बनेका छन् ।
बैठक बस्नुअघि उनले आज आफूले विशेष पत्रकार सम्मेलन गर्ने र सो अवसरमा केही सिधा कुरा गर्ने बताएका छन् । लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसला आएपछि गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आँफैले राखेका छन् । लामिछानेले अदालतको फैसलाबमोजिम नागरिकता पूनः प्राप्ति गरिसकेका छन् । सोसँगै उनले गृहमन्त्रालयको नेतृत्वमा फर्कनेगरि दबाब बढाएका थिए । तर, दाहालले भने कुनैपनि हालतमा गृहमन्त्रालय नदिने अडान लिएका छन् ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

