गृह नपाए रास्वपा सरकारबाट बाहिरिएला त ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी र संसदीय दलको बैठक संयुक्त बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको हो । रास्वपाको आजको बैठकलाई निर्णायक बैठकको रुपमा हेरिएको छ । सभापति रबि लामिछानेले पार्टी बैठक लगत्तै विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनको आजको पत्रकार सम्मेलन निर्णायक हुने आँकलन गरिएको छ ।
नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि लामिछाने उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता प्राप्तिको प्रक्रियासमेत पुरा गरिसकेका छन् । आफूलाई गैरसांसदका रुपमा पुनः सोही मन्त्रालयको जिम्मेवारी दिन उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग आग्रह गर्दै आएका छन् । उनको आग्रहमा एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रालय रास्वपालाई दिन नसकिने अडानमा छन् ।
रास्वपामा अहिले सरकारबाट बाहिरिनु पर्ने बलियो भएको बुभिएको छ । प्रधानमन्त्री प्रचण्डले गैरसांसदको रुपमा रबिलाई गृहमन्त्रालय नदिनुलाई रास्वपाले अपमानको रुपमा हेरेको छ ।
सभापति लामिछानेले आजै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दाहालले गृहको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री दाहालको प्रस्तावबारे पार्टीमा छलफल हुने भनिएको छ । तर, लामिछानेले सामाजिक सञ्जालमार्फत गरेको संकेतले रास्वपा सरकारबाट बाहिरिने सम्भावना बढेको छ। उनले आफूले सिधा कुरा नगरेको धेरै भएको भन्दै आज विशेष पत्रकार सम्मेलन गर्ने पनि जनाएका छन् । पार्टीको बैठकलगत्तै उनले पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।
सम्बन्धित समाचार
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

