Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, फाल्गुन, २
प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपाल भ्रमणमा रहेकाका दक्षिण कोरियाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्ता भएको हो ।

दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्पपूर्ण छलफल भएको थियो ।

भेटवार्तामा इपिएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो ।

आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स