प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सुरु, राष्ट्रपतिको निर्वाचनबारे निर्णायक छलफल हुँदै
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । भेटमा यहि फागुन २५ गने हुन लागेको राष्ट्रपतिको निर्वाचन, सत्ता सहकार्य लगायत विषयमा छलफल भईरहेको जनाइएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सहयोग गर्न ओलीलेआग्रह गरेका छन् । आजको भेटवार्तालाई निर्णायक वार्ताको रुपमा हेरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा सर्वपक्षीय सहमति खोज्नु पर्ने बताउँदै आएका छन् । ओली राष्ट्रपतिको चुनावमा एमालेको उम्मेद्वारमा सहमति हुने दाबी गर्दै आएका छन्।
पुस १० गते भएको सहमति अनुसार नेकपा ९एमाले०ले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र त्यसैमा सर्वपक्षीय सहमति गर्नुपर्ने ओलीको अडान छ ।
२६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि गठबन्धन दलबीच १० पुसमा भएको भागबन्डाको सहमति कार्यान्वयन गर्न प्रचण्डले आनाकानी गरिरहेका छन्।
कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन भत्किएर १० पुसमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला गठबन्धनको भागबन्डामा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी भएको थियो । तर, एमाले कुनै पनि हालतमा राष्ट्रपति नछाड्ने दाउमा छ ।
यता नेपाली कांग्रेसका नेताहरुले पनि राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्दै आएका छन् ।
कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपाल प्रेस युनियन अधिवेशनको सौराहामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र आफूले जित्ने दाबी गरेका गरेका थिए । त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्रै गठबन्धन भत्किने दाबी गरेका थिए ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


