• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
  • १० घण्टा 

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
  • ११ घण्टा 

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
  • १२ घण्टा 

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १ दिन 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १ दिन 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १ दिन 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १ दिन 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

  • ३. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ४. नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

  • ५. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • ६. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ७. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ८. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ९. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

प्रेमको बाटोमा आइन् कान्छी बहिनी, विवाहका लागि दिदीले प्रेमीसँग मिलेर गरिन् हत्या

admin २०७९, फाल्गुन, १८

एजेन्सी । मध्यप्रदेशको नरसिंहपुर जिल्लाबाट हृदयविदारक खबर आएको छ । जहाँ जेठी दिदीले प्रेमीसँगको सम्बन्धमा बाधक बनेकी कान्छी बहिनीको हत्या गरिन् । आफ्नो प्रेमीसँग मिलेर उनले पीडादायी मृत्यु दिइन् । दुवैले हत्यालाई घटना देखाउन र प्रहरीलाई भ्रममा पार्ने प्रयास गरे पनि अन्ततः हत्याको पर्दाफास भयो ।

प्रहरीले प्रेमी प्रेमिकालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहिबार अदालतमा पेश गरी जेल पठाइनेछ । घटनापछि पुरै नरसिंहपुर जिल्लामा सनसनी फैलिएको छ । यो हत्याकाण्डमा कसैले विश्वास गर्न सकिरहेका छैनन् । यो हत्याको घटना साइखेडाको हो ।

जानकारी अनुसार एक युवतीको शंकास्पद मृत्यु भएको अस्पतालबाट प्रहरी चौकी साइखेडालाई सूचना प्राप्त भयो । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । सोधपुछका क्रममा बालिकाको नाम शिखा अवस्थी रहेको खुलेको छ ।

बहिनी खुश्बु र आमाले उनलाई अस्पताल ल्याएका थिए । बाथरुममा लडेर बालिकाको मृत्यु भएको परिवारको भनाइ रहेपनि घटना शंकास्पद रहेको अस्पताल व्यवस्थापनले प्रहरीलाई बताएको थियो । यस सम्बन्धमा प्रहरीले गहिरो अनुसन्धान थालेको थियो ।

युवतीले गरिन् हत्याको सबै गोप्य खुलासा
अनुसन्धानका क्रममा प्रहरीको शंकाको सुई मृतककी दिदी खुश्बुमा परेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यस क्रममा खुश्बुले प्रहरीलाई अनुसन्धानबाट विचलित गराउन खोज्दै हत्याको खण्डन गरिन् ।

तर, प्रहरीले सोधपुछ गर्दा उनले हत्याको सबै गोप्य खुलासा गरिन् । उनले उत्तर प्रदेशको अमेठीमा बस्ने राहुल सिंहसँग सामाजिक सञ्जालमार्फत मित्रता भएको प्रहरीलाई बताइन् । बिस्तारै यो मित्रता प्रेममा परिणत भयो ।

विवाहका लागि बहिनीको हत्या शर्त
उनले प्रहरीलाई आफू राहुल सिंहसँग विवाह गर्न चाहेको बताएकी थिइन् तर शिखाले मानिनन् । पटक पटक बुझाए पनि समस्या समाधान हुन सकेन । खुश्बुका बारेमा अरु पनि यस्ता धेरै कुरा रहेको प्रहरीले बताएको छ, जसलाई लिएर उनी शिखासँग रिसाएकी थिइन् । दुईबीच झगडा हुन्थ्यो ।

प्रहरीका अनुसार बाल्यकालदेखि खुश्बु शिखासँग रिसाएकी थिइन् । शिखालाई हटाउन खुश्बूले आफ्ना प्रेमी राहुल सिंहलाई साथमा लिएकी थिइन् । उनले राहुललाई भने कि यदि उनी उनीसँग विवाह गर्न चाहन्छन् भने उनले शिखालाई मार्नु पर्छ ।

ढुङ्गाले टाउकोमा प्रहार गरि चक्कु प्रहार गरियो
प्रेमी राहुलले आफ्नी प्रेमिकाको प्रस्ताव स्वीकार गरे र अमेठीबाट नरसिंहपुरको सैनखेडा आए । फेब्रुअरी २२ मा राहुल सैंखेडा पुगेपछि खुश्बुले आमालाई निद्राको चक्की दिएर सुताइन् । त्यसपछि उनले राहुललाई घरमा बोलाएर कान्छी बहिनी शिखाको हत्या गरिन् । दुवैले पहिले शिखाको टाउकोमा ढुङ्गाले प्रहार गरे र त्यसपछि चक्कुले पटक पटक प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ताजा

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.