सांसद पौडेल र मेयर बालेनबीच मिलेर काम गर्ने ७ बुँदे सहमति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
भेटमा काठमाडौं महानगर र काठमाडौं निर्वाचन क्षेत्र नं। ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने सहमति भएको नेता पौडेलले जानकारी दिएका छन् ।
सडक विस्तार, सांस्कृतिक सम्पदा र धरोहरको संरक्षण, खानेपानी, ढलनिकास लगायत पूर्वाधार विकास, विस्तार र सुधारका लागि मिलेर अघि बढ्न ७ बुँदे सहमति भएको पनि उनले बताएका छन् ।
यस्तो छ सहकार्यका लागि सहमति भएका ७ बुँदा
१। कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने ।
२। सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने ।
३। मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने ।
४। हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने ।
५। धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने ।
६। टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने ।
७। सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने ।
सम्बन्धित समाचार
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

