Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद न्यौपाने घाइते

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद न्यौपाने घाइते

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान गरेर फर्किने क्रममा लडेर एक जना प्रदेश सभा सदस्य घाइते भएका छन् । बिहिबार राष्ट्रपति निर्वाचनमा मत खसालेर फर्किने क्रममा सिँढीमा लड्दा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका हुन् ।

सांसद न्यौपानेको टाउकोमा चोट लागेको छ । घाइते सांसद न्यौपानेलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । न्यौपाने गत मंसिर ४ गतेको निर्वाचनमा सप्तरी-४ (१) बाट विजयी भएका थिए । उनी नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् ।

Top Changing Nepal

युट्युब सट्स