सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १९ यात्रु घाइते
जानकारी केन्द्र
२०७९, फाल्गुन, २८
काठमाडौँ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज बिहान बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ। अहिले उद्धार जारी रहेको र मृतक तथा घाइतेको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

