Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

आठौँ शताब्दीको बुद्धको मूति चोरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २९
आठौँ शताब्दीको बुद्धको मूति चोरी

काठमाडौँ । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो ।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

Top Changing Nepal

युट्युब सट्स