सम्माननीय राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
काठमाडौँ । निर्वाचन आयोगले संवत् २०७९ चैत ३ गतेका दिन सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२,६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार श्री रामसहाय प्रसाद यादवले ३०,३२८ मतभार प्राप्त गरी उक्त पदमा विजयी हुनुभएको थियो ।
सो अवसरमा सम्माननीय राष्ट्रपतिले नेपालको संविधानको भाग २४ को धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभयो । उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्व हुँदै गएको उल्लेख गर्नुभयो ।
सो अवसरमा माननीय प्रमुख आयुक्त थपलियाले गत फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले यो वर्ष निर्वाचन आयोगका लागि निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ साल माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो सिलसिला यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताउनुभयो । निर्वाचन सम्पन्न गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगकातर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा माननीय प्रमुख आयुक्तका साथै माननीय निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा। जानकी कुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत सहभागी हुनुभएको थियो ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

