रविलाई रोक्ने दाउमा दुर्गा प्रसाई, कालो मोसो दल्नेलाई उपनिर्वाचनमा उठाउँदै
जानकारी केन्द्र
२०७९, चैत्र, १९
काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचनमा दुर्गा प्रसाई नेतृत्वको अभियानले पनि भाग लिने भएको छ। चितवन–२ लाई केन्द्रमा राखेर प्रसाईले चुनावी तयारी थालेका छन् ।
सो क्षेत्रमा यसअघि नै निर्वाचन जितेका रवि लामिछाने चुनावी मैदानमा उत्रिँदैछन् । तर, प्रसाई भने कुनैपनि हालतमा रविलाई रोक्ने दाउमा छन् । उनले आफ्नो सम्पूर्ण तागद चितवन–२ मा लगाउने घोषणा गरिसकेका छन् ।
भोलि उपनिर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ । प्रसाईले भने चितवनका शम्भु थापालाई उपनिर्वाचनमा रवि लामिछानेसँग भिडाउने भएका छन् । थापा यसअघि लघुवित्तका कर्मचारीलाई कालोमोसो दलेर चर्चामा आएका थिए ।
अहिले प्रसाईको उपस्थितिमा थापाले रिपोर्टर्स क्लब नेपालमार्फत उम्मेदवारी घोषणा गर्ने भएका छन् । उम्मेदवारी घोषणाको पत्रकार सम्मेलन भने दिउँसो ३ बजेको लागि तय भएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


