Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

चितवन- २ मा रविले गराए उम्मेदवारी दर्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, २०
चितवन- २ मा रविले गराए उम्मेदवारी दर्ता

काठमाडौँ ।  आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मनोनयन दर्ता गरेका छन् । सभापति लामिछानेले आज सोमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर चितवन- २ का लागि मनोनयन दर्ता गराएका हुन् ।

गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सभापति लामिछाने चितवन- २ बाट भारी मतले विजयी भएका थिए । नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि उनको सांसद पद गुमेका कारण उपनिर्वाचन हुन लागेको सो क्षेत्रमा उनले पुनस्उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँ जाने कार्यक्रम भएकाले लामिछानेले आज बिहानै उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्ता गराएर उनी रास्वपाका अर्का उम्मेदवार स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ- १ जाँदैछन् ।

लामिछानेविरुद्ध चितवन- २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ, नेकपा एमालेले रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगले सबै दललाई फरक-फरक समय तोकिदिएको छ

Top Changing Nepal

युट्युब सट्स