रास्वपामा भ्रष्टाचारीलाई पूजा गर्ने चलन छैन– रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलमा भ्रष्टाचारीलाई संरक्षण गर्ने चलन नरहेको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कोही भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएमा जनताको माझमा कठालो समातेर जेलमा पठाउने ल्याकत रास्वापामा रहेको उनले बताएका हुन् ।
‘हामीले विधि बनाएका छौं । अरु दलमा जस्तो भ्रटाचारीलाई बचाउने र पूजा गर्ने चलन हाम्रो दलमा छैन । कोही भ्रष्टाचारमा लागेको रहेछ भने जनताको माझमा कठालो समातेर खोरमा पठाउने ल्याकत हाम्रो पार्टीले राखेको छ,’– उनले भने ।
चुनावको मुखलाई पारेर यस्ता काण्डहरु आउनुका पछाडि कारणहरु रहेको उनले बताए । अदालत र निर्वाचन आयोगबाट पनि नसकेपछि नयाँ काण्ड ल्याएको उनले बताए । अरु केही काण्ड भए चुनावको अघिल्लो दिनसम्म ल्याएउन पनि उनले आग्रह गरे ।
‘म चाहन्छु अरुपनि केही काण्ड छन् भने बाहिर आउन, चुनावकै अघिल्लो दिन आउन । अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुख पारेर यस्ता चिज आउनुका पछाडि गहिरो अर्थ छ । तर मैले यसलाई अन्यथा लिएको छैन,’– उनले भने ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

