Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

आफ्नै सांसद ढाकाकुमारको बयान लिँदै रबि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, २८
आफ्नै सांसद ढाकाकुमारको बयान लिँदै रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोही पार्टीका सांसद्‍ ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पार्टीको अनुशासन समितिले सांसद श्रेष्ठको बयान लिने भएको हो। व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ आलोचित भएका थिए।

सो प्रकरणमा पार्टीले उनलाई निलम्बन गर्नुका साथै स्पष्टीकरणसमेत सोधेको थियो। पार्टीले सोधेको २४ घन्टे स्पष्टीकरणको समय सकिएपछि मात्र जवाफ दिएका श्रेष्ठले सो अडियो सम्पादन गरिएको जवाफ दिएका थिए। सोही विषयमा थप अनुसन्धानका लागि अनुशासन समितिले उनलाई बयानका लागि आज पार्टी कार्यालय बोलाएको हो। बयानपछि समितिले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

Top Changing Nepal

युट्युब सट्स