Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

‘हामी तीन भाई अंगालो हालेर संसद् छिर्दाको दृश्य हेर्नलायक हुनेछ’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
‘हामी तीन भाई अंगालो हालेर संसद् छिर्दाको दृश्य हेर्नलायक हुनेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले उपनिर्वाचनमा आफ्नो पार्टीका तीन जना नै उम्मेदवारले जित्ने दाबी गरेका छन् । तनहुँ– १ को चुनावी सभामा रहेका वाग्लले तीन जनाले नै उपनिर्वाचन जितेर संसद् छिर्दाको दृश्य हेर्न लायक हुने बताए ।

‘बारा­–२ बाट रमेश खरेल, तनहुँ– १ बाट म र चितवन– २ बाट सभापति रवि लामिछाने निर्वाचित भएर हामी तीन भाई संसद्मा अंगालो हालेर छिर्दाको दृश्य हेर्नलायकको हुनेछ,’– उनले भने ।

तनहुँ– १ मा डा. वाग्लेलाई गोविन्दराज जोशीले समर्थन गरेका छन् । लामो समय पार्टी (नेपाली कांग्रेस) को कारबाहीमा रहेका नेता जोशीले कांग्रेसका पदाधिकारीसँगको वार्ता असफल भएपछि आज औपचारिक रुपमै भेटेर उनलाई सघाउने वचन दिएका छन् ।

 

 

Top Changing Nepal

युट्युब सट्स