यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा, अबको प्रतिस्पर्धी भारत र पाकिस्तान
काठमाडौं । नेपाल आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
यूएईले दिएको ११८ रनको विजय लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गरेको हो । गुलसन झा र भीम सार्कीले विजयी बनाउन महत्वपूर्ण योगदान दिए । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । आरिफ शेखले ८ रन बनाए भने कुशल भुर्तेल र रोहित पौडेलले खाता खोल्न सकेनन् ।
वैशाख १८ गते नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षाका कारण खेल अवरुद्ध हुनुअघि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन जोडेको थियो । नेपाली बलर चम्किएको खेलमा यूएईले ११७ रन मात्र बनाउन सकेको थियो ।
यो जितसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । एसिया कपमा पाकिस्तान र भारत रहेको समूहमा नेपाल रहेको छ । यससँगै नेपालले पहिलो पटक यी दुई टेस्ट टिमसँग प्रतिस्पर्धा गर्ने अवसर बनाएको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

