यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा, अबको प्रतिस्पर्धी भारत र पाकिस्तान
काठमाडौं । नेपाल आगामी सेप्टेम्बरमा हुने एशिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
यूएईले दिएको ११८ रनको विजय लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गरेको हो । गुलसन झा र भीम सार्कीले विजयी बनाउन महत्वपूर्ण योगदान दिए । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । आरिफ शेखले ८ रन बनाए भने कुशल भुर्तेल र रोहित पौडेलले खाता खोल्न सकेनन् ।
वैशाख १८ गते नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षाका कारण खेल अवरुद्ध हुनुअघि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन जोडेको थियो । नेपाली बलर चम्किएको खेलमा यूएईले ११७ रन मात्र बनाउन सकेको थियो ।
यो जितसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । एसिया कपमा पाकिस्तान र भारत रहेको समूहमा नेपाल रहेको छ । यससँगै नेपालले पहिलो पटक यी दुई टेस्ट टिमसँग प्रतिस्पर्धा गर्ने अवसर बनाएको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
