Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

सुदूरपश्चिमका मन्त्रिमण्डलको टोलीले भेट्यो अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, ९
सुदूरपश्चिमका मन्त्रिमण्डलको टोलीले भेट्यो अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रिमण्डलका टोलीले मङ्गलबार संघीय सरकारका अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई भेटेको छ।

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर साह नेतृत्वको मन्त्रिमण्डले बिहान अर्थमन्त्री डा प्रकाशशरण महत र मध्यान्ह राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई भेटेको हो।

संघीय सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन र प्रदेशमा महत्वपूर्ण गौरवका योजनाको मागका लागि मुख्यमन्त्रीसहित मन्त्रिमण्डलको टोली सोमबार साझ काठमाडौं आइपुगेको थियो।

भेटमा अर्थमन्त्री महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकताका साथ केन्द्र सरकार सहयोग गर्न तयार रहेको मुख्यमन्त्री साहको सचिवालयले जनाएको छ।

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठसंगको भेटमा मुख्यमन्त्री साहले प्रदेश गौरवका आयोजनाहरूलाई प्राथमिकतामा राख्न आयोगको ध्यानाकर्षण गराएको सचिवालयले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स