विष्णु रिमाललाई फ्याउरोको संज्ञा दिँदै हर्क साम्पाङले गाए यस्तो गीत
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ अहिले सामाजिक सञ्जालमा जुहारी खेलिरहेका छन् ।
रिमालले गत शनिबार एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई बौलाहा मेयर भनेपछि बिच्किएका साम्पाङ त्यसपछि लगातार रिमाललाई तथानाम गाली गर्दै स्ट्याटसको वर्षा गरिरहेका छन् ।
रिमालले बौलाहा भनेपछि ‘गुईठे र भुसानो’को संज्ञा दिएका साम्पाङलाई रिमालले पुनः जवाफ फर्काउँदै हामीपनि अब बौलाउनुपर्छ भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको पालामा भएका कामको विवरण सार्वजनिक गरेका थिए ।
शनिबारबाट बिच्किएका साम्पाङ र उनका समर्थकहरु अझै केहीदिन चुपलाग्ने छाँट देखिएको छैन । साम्पाङका समर्थकको आलोचनाको शिकार भएका रिमालले आज पुनः फ्याउरोको उपमा पाएका हुन् । साम्पाङले आज सामाजिक सञ्जाल मार्फत एउटा गीत सार्वजनिक गर्दै रिमाललाई फ्याउरो कराएको संज्ञा दिएका हुन् ।
यस्तो छ साम्पाङको गीत
एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ
पचास हजार लाइक भन्दै ५/१० लाख गाली मात्रै खाएछ ए होइ
ए होइ ए होइ ए होइ के सारो, ए होइ ए होइ ए होइ
गाली, ए होइ ए होइ ए होइ खाको, ए होइ ए होइ ए होइ
बिजोक भो, ए होइ ए होइ ए होइ
जनताले चुने मलाई विरोध किन गर्छौ
जनहितको काम गर्दा खुट्टा किन तान्छौ
बाँदरको व्यहोरा छेपारोको रंग
नेता बनी टोपल्छ है रंग न ढंग
विरोध मात्रै गरेको छ भातले सरापेको
के नै कुरा गर्नु र खोइ यस्ता तोर्पेको
ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

