• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • ६ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १० घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • ११ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • ११ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १२ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १३ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • १४ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • १४ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • २. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ३. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ४. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ५. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ६. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • १०. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

जानकारी केन्द्र २०८०, जेष्ठ, १३

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे।

पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा कार्यरत रहे। तर अधिकांश समय उनले तलब भत्ता बुझेनन्।

टण्डनले शिवस्व लाग्छ भनेर तलबभत्ता नै नबुझेको थाहा पाएपछि तत्कालीन रानी ऐश्वर्य शाहले उनलाई ‘तपाईंलाई अप्ठयारो परेको होला, थोरै भए पनि तलब बु्झ्नुहोस्’भनी आग्रह गरिन्। रानीको आग्रहलाई इन्कार गर्न नसकेपछि उनले मासिक २ हजार रुपैयाँ तलब बुझ्न थाले। तर त्यसको पनि १० प्रतिशत रकम उनी विकास कोषलाई नै बुझाउँथे।

टण्डन २०४४ देखि २०५० तथा २०७० देखि २०७४ सम्म ११ वर्ष २ महिना विकास कोषमा सदस्य सचिव तथा कोषाध्यक्ष भई काम गरेका थिए। ‘मैले पशुपति क्षेत्रमा काम गर्दा लामो समय तलब, भत्ता, सुविधा केही लिइनँ, यहाँसम्म कि पानी र खाजासमेत घरैबाट लगें,’ टण्डनले भने, ‘तत्कालीन महारानी ऐश्वर्यको आग्रहमा महिनाको २ हजार बुझ्न थाले।

त्यसको पनि १० प्रतिशत रकम कोषलाई नै बुझाउँथें।’ पशुपतिनाथ मन्दिरको चलअचल सम्पत्ति एक रुपैयाँ पनि हिनामिना गरे शिवस्व लाग्ने टण्डनले बताए। ‘तर पुजारी तथा भण्डारीहरूले इमानदारीपूर्वक लिने तलबभत्तामा भने शिवस्व लाग्दैन,’ उनले भने। टण्डनका अनुसार शिवस्वको विषयमा धार्मिक ग्रन्थहरूमा पनि व्याख्या गरिएको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो पालामा पशुपतिनाथको मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्र्ने विषयमा करोडौें रकम हिनामिना भएको हो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा यो विषय उल्लेख छ। प्रतिवेदनमा पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउने विषयमा अनियमिता भएको जनाइएको छ।

यो विषय अख्तियारसम्म पुगेको थियो। ‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको छ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ।

रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ रूपैयाँ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।’

प्रतिवेदनअनुसार सञ्चालक परिषद्को २०७७ माघ १४ गते बसेको बैठकले सुनको जलहरी निर्माणका लागि आवश्यक ज्याला दातामार्फत सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। ‘सुनको खरिद कार्य ८० करोड ११ हजारमा भएको देखिन्छ। सो जलहरी निर्माण कार्यका लागि दाताबाट बेहोरेको रकमको हिसाब लेखांकन गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन।’

दाताबाट प्राप्त नगद तथा जिन्सीको लेखांकन नभएकाले जलहरी निमाणमा भएको खर्चको विवरण यथार्थ आउन नसकेको प्रतिवेदनमा उल्लेख छ। ‘सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखांकन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखांकन नभएकाले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ।

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १०८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको आरोप कोषका पदाधिकारीहरूमाथि छ। नागरिक दैनिकबाट

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

ताजा

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.