प्रचण्डको पूजालाई लिएर डा.भट्टराई भन्छन् – हामी कता जाँदैछौँ, देश कता जाँदै छ ?’
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा गरेको धार्मिक भ्रमण नेपालमा चासो र चर्चाको विषय बनेको छ । नेपालको एक ठूलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसङ्ग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
दाहालका समर्थकले त्यसका बचाउ गरे पनि धेरैले त्यसको आलोचना गरेका छन् । आफ्नो देशको पशुपतिनाथ मन्दिरमा कहिले विशेष पूजा नगरेका दाहालले शुक्रबार भारतको इन्दौरस्थित महाकालेश्वर मन्दिरमा भने गेरु वस्त्र लगाएर पूजा गरेका थिए । त्यति मात्र होइन उनले १०८ किलोको रुद्राक्षको माला पनि चढाएका छन् ।
उनले बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका हुन् । प्रधानमन्त्री दाहालको यो कदमलाई उनकै पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि आलोचना गरेका छन् । अहिले भट्टराई कम्युनिष्टको मूल नारा छोडेर नेपाल समाजवादी पार्टी खोलेर बसेका छन् ।
उनै भट्टराईले दाहालले महाकालेश्वर मन्दिरमा पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै ‘हामी कता जाँदैछौँ, देश कता जाँदै छ ?’ भन्दै प्रश्न गरेका छन् । कम्युनिष्ट नेताले मन्दिरमा पूजा गरेको सन्दर्भमा भट्टराईले यो प्रश्न गरेका हुन् ।
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

