• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • ७ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १० घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १२ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १२ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १३ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १४ घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • १५ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • १५ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • २. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ३. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ४. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ५. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ६. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • १०. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

शेरबहादुर र गगनबीच सधैं टकराव

जानकारी केन्द्र २०८०, जेष्ठ, २०

काठमाडौं । ‘उत्साह, एकता र रुपान्तरण’ को नारासहित १४औं महाधिवेशनबाट नयाँ नेतृत्व पाएको नेपाली कांग्रेसमा यतिबेला आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ । १४औं महाधिवेशनबाट प्रचण्ड मतसहित महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापा र पार्टी सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाबीचको मनमुटाव दैनिक नयाँ–नयाँ तरिकाबाट प्रकट भइरहेको छ ।

स्वभावैले धेरै बोल्न नचाहने पार्टी सभापति देउवा र उत्तेजक भाषण दिएर युवाको रक्तसञ्चारमा तरङ्ग ल्याउन माहिर महामन्त्री थापाबीचको अन्तरद्वन्द्व दिनप्रतिदिन छताछुल्ल भइरहेको छ । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा महामन्त्री थापा एक्लाएक्लै प्रतिस्पर्धामा जान चाहन्थे । तर, सभापति देउवासहित बहुमतले सत्ता गठबन्धनमा रहेका पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा होमिने निधो गर्यो । त्यसो हुँदै गर्दा महामन्त्री थापासहित केही नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर बहुमतलाई कदर गर्न तयार भए ।

निर्वाचनको परिणाममा कांग्रेस पहिलो भयो । पहिलो दल भएर पनि कांग्रेस सरकार बनाउन असफल भयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग नयाँ गठबन्धन तयार गरेर सरकार बनाए ।

त्यो गठबन्धनको आयु धेरै लामो टिकेन । फलतः फेरि कांग्रेस सम्मिलित पुरानै गठबन्धन व्युँतियो । कांग्रेस सरकारमा गयो । सभापति देउवाले सरकारमा एकलौटी रुपमा मन्त्री पठाएपछि फेरि पनि गगन विद्रोहमा उत्रिए ।

१६औं गणतन्त्र दिवसमा सरकारले टीकापुर घटनामा तीनै वटा अदालतले दोषी करार गरेका रेशमलाल चौधरीलाई आम माफी दियो । सरकारले आम माफी दिएसँगै सांकेतिक रुपमा देउवाको विरोधमा उत्रिएका गगन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक पारित भएपछि भने थप आक्रमक भए । गगनले सार्वजनिक रुपमै अहिले अब बहुमतको निर्णय नमान्ने बताउँदै आएका छन् । बरु कांग्रेसको साधारण कार्यकर्ता भएर बस्न तयार तर बहुमतको गलत निर्णय नस्वीकार्ने उनको भनाई छ ।

हिजो (शुक्रबार) नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको प्रथम अधिवेशनमा गगन देउवाको विरुद्ध थप आक्रमक देखिए । आम माफी र नागरिता विधेयक देउवाको एकल निर्णयबाट भएको उनको अरोप छ ।

‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोको विषयमा निर्णय गर्यो । एउटा निर्णय आम माफीको बारेमा, अर्का निर्णय नागरिकताको विषयमा । यी सबै निर्णय नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईँहरुभन्दा पछाडि थाहा पाएको हुँ,’– उनले भने ।

महामन्त्री थापा केही दिनदेखि पार्टी सभापति देउवाविरुद्ध आक्रमक हुँदै आएका छन् । यसले कांग्रेसभित्र आन्तरिक विद्रोहको संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा एक सिट पनि जित हासिल गर्न नसक्दा कांग्रेस थप आत्तिएको अनुमान गर्न सकिन्छ । महामन्त्री थापाले पनि प्रेस युनियनको कार्यक्रममा सबै भन्दा ठूलो पार्टी चार वर्षपछिको निर्वाचनलाई लिएर अहिलेदेखि डराइरहेको अभिव्यक्ति दिए ।

कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् । उनको मुद्दाको किनारा नगालेसम्म पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने महामन्त्री थापालगायतको माग छ । पार्टीभित्रको दुई थरी मत बुझेका देउवा कम विवादमा पर्न चाहन्छन् । त्यसैले उनले केन्द्रीय कार्य सम्पादन समितिको बैठक नै बोलाएका छैनन् ।
पार्टीले बैठक नबोलाएकोमा पनि महामन्त्री थापा सभापति देउवासँग थप रुष्ट देखिन्छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

ताजा

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.