Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

एमालेमा ७० वर्षे उमेर हद हटाइयो, कसलाई कति फाइदा ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, २४
एमालेमा ७० वर्षे उमेर हद हटाइयो, कसलाई कति फाइदा ?

काठमाडौं । नेकपा एमालेले पार्टीको विधानबाट ७० वर्षे उमेर हद हटाएको छ । २८ बैशाखदेखि ३० बैशाखसम्म भएको एमालेको केन्द्रीय समिति बैठकको प्रस्तावपछि गत १९ जेठमा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद हटाएको हो ।

उमेर हद हटाएको बिषयलाई अन्तर पार्टी निर्देशन (अपानि) मार्फत एमालेले मातहत रहेका सबै निकायमा सर्कुलर गरिसकेको छ । ७० वर्षे उमेर हद निलम्बन भएसँगै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई अर्को महाधिवेशनमा पुनः अध्यक्ष बन्ने बाटो खुलेको छ ।

उनीसँगै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा ‘बादल’, अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङलाई पनि अर्को महाधिवेशनमा उम्मेदवार बन्न बाटो खुलेको छ । एमाले अध्यक्ष ओली अहिले ७१ वर्षका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्ष पोखरेल ६९ वर्ष पुगे । उपाध्यक्षहरु थापा ६८ वर्ष, शाक्य ६९ र नेम्वाङ ७० वर्षका भए ।

७० वर्षे उमेर हद म्याद कायम रहेको भए उनीहरु अर्को महाधिवेशनबाट बिदा हुने थिए । एमालेमा नवौं महाधिवेशनेखि ७० वर्षे उमेर हद कार्यान्वयनमा थियो । सोही उमेर हदका कारण त्यसबेला अमृत बोहरा लगायतका बरिष्ठ नेता पार्टीबाट बिदा भएका थिए ।

७० वर्षे उमेर हद कार्यन्वन गर्न त्यसबेला वर्तमान अध्यक्ष ओली, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईको महत्वपूर्ण भुमिका रहेको थियो । सोही उमेर हदका कारण ओली नवौं र दशौं महाधिवेशनमा अध्यक्ष बने । अहिले उनकै जोडबलमा ७० वर्षे उमेर हद हटाइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स