Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

नेपाली बाबुआमाका सन्तानले वंशजको नागरिकता पाउनुपर्छः राजेन्द्र लिङ्देन

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, २५
नेपाली बाबुआमाका सन्तानले वंशजको नागरिकता पाउनुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु नागरिकता विधेयकको विपक्षमा नभएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु विधेयक ल्याउने प्रक्रियाको विपक्षमा रहेको बताए ।

‘केही पक्षबाट नागरिक समाजमा हामी नागरिकता विधेयकको विपक्षमा थियौं भनेजस्तो प्रचारहरु भइराखेको छ । हामीले अस्ति पनि भन्यौं कि हामी त्यो प्रक्रियाको विरुद्धमा थियौं । विषयमा त संसद्मा आएपछि छलफल हुन्छ, त्यसपछि हामी हाम्रा धारणाहरु राख्छौं । मूलभूत रुपमा जो बाबुआमा नेपाली नागरिक छन्, उनीहरुका छोराछोरीले नेपाली नागरिकता पाउनु पर्दछ, वंशजको आधारमा नागरिकता पाउनु पर्दछ भन्ने कुरामा हाम्रो कुनै दुविधा र फरक मत छैन ।’ उनले भने, ‘तर, जन्मको आधारमा नागरिकता वितरण गर्दा त्यो सुविधा लिएर कुनै विदेशीले नागरिकता लिएको छ भने तिनीहरुलाई छानविन हुनुपर्दछ र कारबाही हुनुपर्दछ भन्ने हाम्रो माग निरन्तर कायम छ ।’

Top Changing Nepal

युट्युब सट्स