सिंगापुरबाट फर्किएलगत्तै एमालेसँग मिलेर सरकार बनाउने देउवाको तयारी, ओलीले दिए ग्रिन–सिग्नल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किनेबित्तिकै एमालेसँग सहकार्य गर्ने तयारीमा छन् । उनी अहिले उपचारको क्रममा पत्नी डा. आरजु राणासहित सिंगापुरमा छन् । यो बीचमा एमाले नेतृत्वले माओवादीसँगको गठबन्धन तोडेर नयाँ रुपमा अघि बढ्न सभापति देउवालाई प्रस्ताव पठाएको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्दसहितको समाजवादी मोर्चा नेपाल घोषणा गरेकोमा कांग्रेस सभापति देउवा रुष्ट छन् । एउटा गठबन्धन हुँदाहुँदै अर्को गठबन्धन गठन गरेपछि देउवा दाहालसँग रुष्ट बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने पक्षमा छन् ।
उनले यो बीचमा आफ्ना विश्वासपात्रमार्फत सभापति देउवासँग सम्पर्क बढाएका छन् । देउवा र ओलीबीच तत्काल सत्ता सहकार्यको लागि शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे पनि छलफल भएको बुझिएको छ । तर, एमाले नेतृत्व पँक्तिभित्र पनि शेखरलाई भन्दा देउवालाई नै प्रधानमन्त्री जानुपर्ने मत बलियो भएपछि ओली त्यसबारे पनि सकारात्मक बनेका छन् ।
एमाले नेतृत्वले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि हरेक विकल्पमा छलफल खुला राखेको छ । एमालेले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि प्रधानमन्त्रीको लागि अफर गरेको चर्चा छ । तर, प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर रुष्ट बनेका देउवा माओवादीसँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गर्न राजी भएको सन्देश बालकोट पुगेपछि अहिले एमाले नेताहरु खुशी भएका छन् । देउवा स्वदेश फर्किएलगत्तै एमाले–कांग्रेस सहकार्यको लागि पहल सुरु गरिनेगरि दुवै दलका नेतृत्वकर्ताका विश्वासपात्रहरु सक्रिय भएका छन् ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

