७२औं मदन जयन्ती, एमाले नेताहरु विहानै वृक्षारोपणमा व्यस्त
काठमाडौं । जननेता मदन भण्डारीको ७२औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसै अवसरमा विहान नेकपा (एमाले) केन्द्रीय कार्यालय परिसर, च्यासल, ललितपुर र मनोहरा नदी किनारमा एमाले नेताहरुले वृक्षरोपण गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा बरको विरूवा रोपेर वृक्षरोपण कार्यको शुभारम्भ गरेको एमालेले जनाएको छ ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनले त्यहाँ चौपारी निर्माण गरेको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज यज्ञराज सुनुवार, कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी लगायत नेताहरूले नासपाती लगायत विभिन्न फलफूलका विरूवा रोपेका थिए ।
कार्यक्रमलाई संक्षिप्त सम्वोधन गर्दै अध्यक्ष ओलीले बोट विरूवाको मावन जीवनसँग अन्यौन्याश्रित सम्बन्ध रहेको हुँदा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्य महत्वपूर्ण भएको बताएका थिए । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेले देशको रक्षाका लागि रगत पसिना बगाएका पूर्व सैनिक, प्रहरीले अवकास प्राप्त जीवनमा पनि वातावरण संरक्षण कार्यमा योगदान गर्न चाहेको वताउँदै सबै पूर्व सैनिक तथा प्रहरीलाई आ–आफ्नो ठाउँमा कम्तीमा एउटा फलफूलको विरुवा रोपेर वातावरण संरक्षणमा सहयोग गर्न अपिल गरेका छन् ।


सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

