राप्रपा अध्यक्ष लिङ्देनको गलत हर्कतः १४ वर्षीय बालकलाई गराए पार्टी प्रवेश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १४ वर्षीय बालकलाई पार्टी प्रवेश गराएका छन् । कक्षा ९ मा अध्ययनरत विराटनगरका एक बालकलाई लिङ्देनले नै पार्टी प्रवेश गराएका हुन् । उनले एक कार्यक्रमबीच ती बालकलाई टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए । नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ ले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ मा बालबालिका विरुद्धको कसुरको व्यवस्था गरिएको छ । जस अन्तर्गत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, हड्ताल, बन्द वा जुलुसमा प्रयोग गर्न निषेध गरेको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ दफा ६६ बालबालिका विरुद्धको कसुरको उपदफा ९६० मा ‘ राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम वा जुलुसमा प्रयोग गर्ने’ कामलाई बालबालिका विरुद्धको कसुर मानेको छ । यस अर्थमा लिङ्देनको उक्त कार्य बालबालिका विरुद्धको कसुर हो ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

