उद्धव थापाविरुद्धको रिट माथेमा र श्रेष्ठको संयुक्त इजलासमा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजपनि सुनुवाईका लागि पेसी परेको छ ।
निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको उक्त रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्धय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको हो ।
गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गर्दै नियुक्त भएपछि उनको नियुक्ति असम्बैधानिक रहेको भन्दै एमाले नेता कार्की सर्वोच्च् गएका हुन् ।
सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।
कार्कीले दायर गरेको रिटमा सुनुवाई गर्दै गत असार २७ गते न्याधीश सपना मल्ल प्रधानको एकल इजलासले साउन ३ भित्र लिलिखत जवाफ पेस गरी साउन ७ गतेबाट निरन्तर सुनुवाई गर्ने फैसला गरेको थियो ।
यसअघि आइतबारपनि उक्त रिट न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेपनि हेर्न नमिल्नेमा परेको थियो ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

