• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ८ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ९ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • ३. सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

  • ६. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ७. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • ८. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ९. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

मौद्रिक नीतिको असर : अब घर जग्गाको भाउ बढ्ला कि घट्ला ?

जानकारी केन्द्र २०८०, श्रावण, ९

बीबीसी । कैयन् वर्षदेखि घरजग्गा व्यवसायमा सामेल रहँदै आएका नेपाल जग्गा तथा आवास विकास महासङ्घका पूर्व अध्यक्ष मिनमान श्रेष्ठ विगत एक डेढ वर्षदेखि निराश सुनिन्थे । आइतबार नेपाल राष्ट्र ब्याङ्कले ल्याएको मौद्रिक नीतिपश्चात् भने उनमा केही आशा पलाएको देखिन्छ ।

“समग्रमा अलि आशाप्रद छ । आवास कर्जा लिने सीमा डेढ करोडबाट दुई करोड पुर्‍याइएको छ भने घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाइने भनिएको छ,” सोमवार केन्द्रीय ब्याङ्कमा थप छलफल गरेर फर्कँदै गर्दा श्रेष्ठले बीबीसीलाई सुनाए ।

“विद्यमान अवस्थामा आवास कर्जा दिँदा ब्याङ्कहरूलाई १५० प्रतिशत जोखिम भार हुन्थ्यो जसले गर्दा त्यस्तो कर्जाको ब्याज थप बढ्थ्यो । अब त्यो घटाएर ७५ प्रतिशतसम्म ल्याउने भनिएको छ । त्यसो भयो भने यो क्षेत्रमा कर्जा अलि सहज हुन्छ । यदि खरिदकर्ताहरूले घरजग्गा किन्न थाले भने यो क्षेत्र फेरि उँभो लागिहाल्छ ।”

घरजग्गा धितो राखी कर्जा प्रवाह गर्दा काठमाण्डू उपत्यकाभित्र धितोको ३० प्रतिशत अनि बाहिर ४० प्रतिशत मूल्यसम्म हुने गरी मात्र कर्जा दिने गरी अघिल्लो मौद्रिक नीतिले ल्याएको व्यवस्था भने यसपालि पनि यथावत् राखिएको छ । “त्यो ३०र४० प्रतिशतलाई हामीले ७५ प्रतिशत पुर्‍याउनुपर्छ भन्दै आएका हौँ । त्यो चाहिँ हुन सकेन ।”

कस्तो छ बजारको अवस्था ?
कूल गार्हस्थ उत्पादनको ८ प्रतिशतसम्म हिस्सा घर जग्गा क्षेत्रले ओगट्ने गरेको श्रेष्ठले बताए । त्यो भनेको ४ खर्ब रुपैँया जति हुन आउँछ । तर घर जग्गाको कारोबार शिथिल बनेको एक वर्ष नाघिसकेको छ । त्यसको मूल कारणहरूमा कित्ताकाट रोक्का, कर्जामा कडाइ अनि समग्र अर्थतन्त्रमा छाएको मागमा शिथिलता मानिएको छ ।

अघिल्लो वर्षकै जेठ महिनामा ल्याइएको भू उपयोगसम्बन्धी नियमावलीले स्थानीय तहहरूलाई जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खोल्न अनुमति दिएको थियो । त्यति बेला स्थानीय तहहरूलाई २०७९ को मङ्सिरसम्म त्यस्तो वर्गीकरण सम्पन्न गर्न भनियो ।

कृषि क्षेत्र, वन क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, नदी क्षेत्र, खानी क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र तथा सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको क्षेत्रजस्ता विभिन्न शीर्षकमा जग्गाजमिनलाई वर्गीकरण गर्न र सोही बमोजिम मात्र कित्ताकाट प्रयोजनका निम्ति स्थानीय तहहरूले सिफारिस गर्नुपर्ने नियम ल्याइयो ।

तर अहिलेसम्म पनि ७५३ स्थानीय तहमध्ये केवल डेढ सयको हाराहारी स्थानीय तहहरूले मात्र वर्गीकरण सिद्ध्याएका बताइन्छ । नेपालमा आवासीय कर्जा होस् कि व्यावसायिक रूपमा घरजग्गामा हुने लगानी होस् अधिकांश रकम कर्जाकै रूपमा आउने हो ।

तर गत वर्ष देशको बाह्य क्षेत्रको सन्तुलन डगमगाएपछि आयातमा नियन्त्रण गर्न केन्द्रीय ब्याङ्कले कर्जामा कडिकडाउ गर्‍यो । अघिल्लो वर्षको मौद्रिक नीतिपश्चात् ब्याज दर पनि बढे । जसको सोझो असर घरजग्गा कारोबारमा पर्न गयो ।

“गत आर्थिक वर्षको आँकडा हेर्दा जग्गा खरिदबिक्री आदिबाट उठ्ने राजस्व ४५ प्रतिशतले घटेको थियो भने कारोबार सङ्ख्या २६ प्रतिशतले घटेको थियो,” भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक एवं प्रवक्ता निर्माणकुमार कार्कीले बीबीसीलाई बताए ।

वि।सं। २०८० को असारमा देशभरिका मालपोत कार्यालयहरूमा रजिस्ट्रेसन शुल्क, पूँजीगत लाभकर जस्ता विविध शीर्षकमा उठाइएको मासिक राजश्वको परिमाण सवा चार अर्ब रुपैयाँ रह्यो ।

त्योभन्दा अघिल्लो वर्ष २०७९ को असार मसान्तमा त्यस्तो मासिक उठती पाँच अर्ब रुपैयाँ नाघेको थियो भने २०७८ सालको असार मसान्तमा त्यो परिमाण झन्डै सात अर्ब रुपैयाँ थियो । “तर अहिले केही समय यता भने बिस्तारै राजश्व सङ्कलन बढ्न थालेको देखिएको छ,” कार्कीले भने ।

घरजग्गा कारोबार शिथिल हुँदा उत्पन्न हुने जोखिम कस्ता ?

नेपालमा वाणिज्य ब्याङ्कहरूमार्फत् ४२-४३ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने विकास ब्याङ्क तथा वित्त कम्पनीहरूमार्फत् थप साढे पाँच खर्ब कर्जा प्रवाह भएको छ । त्यसमा सहकारीहरू समेत जोड्यो भने प्रवाह भएको कुल कर्जा ५० खर्ब रुपैयाँको हाराहारीमा पुग्ने बताइन्छ ।

ब्याङ्क तथा वित्तीय संस्थाबाट घरजग्गामा कम्तीमा पनि १० प्रतिशत कर्जा गएको जानकारहरू बताउँछन् । घरजग्गा कारोबारमा शिथिलता आउनासाथ ब्याङ्क तथा वित्तीय संस्थामा समस्या उत्पन्न हुने त यसले सोझै देखाउँछ ।

गत केही समययता घरजग्गा कारोबारमा शिथिलता आएसँगै एकपछि अर्का सहकारी संस्थाहरू समस्याग्रस्त बनेका खबर आइरहेका छन् । श्रेष्ठका अनुसार त नेपालमा रियल स्टेट भनिने घरजग्गा व्यवसाय खस्कँदा त्यसको असर २५० थरी उद्योगधन्दा तथा व्यवसायमा सोझो असर पर्छ ।

“चाहे सिमेन्ट डन्डीको व्यवसाय होस् वा सामान्य कफी पसल यस क्षेत्रको मन्दीले सबैलाई छोएको पाइन्छ,” उनले भने । घरजग्गा व्यवसायको क्षेत्रलाई अर्थतन्त्र मात्र होइन मानिसको आधारभूत आवश्यकतासँग समेत जोडेर सकारात्मक नीतिहरू ल्याइनु पर्ने उनको जिकिर छ । “हेरौँ यसपालिको शिथिलताले नीति निर्माताहरूमा पनि समस्याको बोध भएको जस्तो त लाग्छ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.