‘कोशीमा एमालेको सरकार बन्छ, मज्जाले चल्छ ४७ हैन ५० सांसद पुर्याउँछौ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार मोरङको विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको सरकार ढाल्ने दाबी गर्दै त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।
पत्रकारहरुले कोशीको सत्ता राजनीतिमा अबको निकास के हो रु भन्ने प्रश्नको जवाफ दिँदै ओलीले भने ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।’
सरकार चलाउन त ४७ पुर्याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले भने, ‘४७ होइन, ५० भन्दा माथि जान्छ ।’
कोशीमा हाल गठबन्धन दलसँग ४७ सांसद रहेका छन् । तर सभामुख नहुँदा उपसभामुखले सभा सञ्चालन गर्नुपर्नेअवस्था रहेको छ ।
उपसभामुख नेकपा एमालेबाट निर्वाचत सांसद भएको हुँदा कोशीमा गठबन्धनलाई सरकार चलाउन सहज छैन । गत सोमबार प्रदेश सभाबाट उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख काठमाडौं हिडेपछि भएको विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

