एजेन्सी । नेपाली महिलाको शव सुटकेसमा फेला परेको छ । भारतको जयपुरमा प्रहरीले बिहिबार ३ सय फिट गहिरो खोँचमा महिलाको शव फेला पारेको हो । त्यसको एक दिनपछि ती महिला नेपालको भएको पुष्टि भएको हो । उनको पहिचान भने खुलाइएको छैन ।
प्रहरीका अनुसार ती नेपाली महिलाको एक बच्चा पनि रहेको बताइएको छ । प्रहरीले बिहिबार उनको शव फेला परेका थिए । हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेका हुन् । शवलाई ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी रहेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ ।