Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २१
प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका निम्ति उनी आइतबार त्यसतर्फ गएका हुन् ।बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्ने छन् ।

बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघाको पनि कार्यक्रम रहेको छ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुनेछ ।

शर्मा भ्रमणमा गएपछि प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् ।प्रधान सेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स