दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् ।
यस अघि प्रसाईँले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।
प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।
कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएका थिए ।
प्रसाईँ केही समय अघिदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, बैंक तथा वित्तीय संस्था, लघुवित्तीय संस्थाको विरुद्धमा बोल्दै आएका थिए । पत्रकार सम्मेलनमा उनी विभिन्न व्यवसायिक घराना, व्यक्ति र बैक तथा वित्तीय संस्थाका विरुद्धमा उत्रिएका थिए ।
सम्बन्धित समाचार
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

