काठमाडौं । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको हो।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई जनही १० लाख दिनेसमेत निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् । भने हजारौं नागरिकहरु प्रभावित भएका छन् ।