• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १० घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ११ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १४ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १६ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १७ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १८ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

‘फूड पोइजनिङ’बाट बच्न के के गर्ने ?

जानकारी केन्द्र २०८०, मंसिर, १६

बीबीसी । खाद्य सुरक्षा अभियानकर्ता बिल मार्कर विगत ३० वर्षदेखि ई कोलाई, स्याल्मनेला वा लिस्टरिआका कारण र खानेकुराबाट लाग्ने अन्य रोगबाट बिरामी परेकाहरूका पक्षमा वकालत गरिरहेका छन् ।

खानेकुराबारेको नेटफ्लिक्सको नयाँ वृत्तचित्र ‘पोइजन्डस् द डर्टी ट्रूथ अबाउट योर फूड’मा उनलाई प्रमुखताका साथ देखाइएको छ । उनले आफ्नो पहिलो मुद्दाबारे पुस्तकका रूपमा यसको सुरुवात गरेका थिए ।

उनले बिरामी हुनबाट बच्न खान नहुने खानाबारे बीबीसीसँग कुरा गरेका छन् । सत्र वर्षकी स्टेफनी इङ्ग्बर्ग आफ्ना आमाबाबुसँग बिदा मनाउन डोमिनिक रिपब्लिकको एक रिसोर्टमा जाँदै थिइन् ।

उनलाई विमान चढ्नुअघि नै पेटमा अप्ठ्यारो महसुस भइरहेको थियो । उनले त्यसलाई त्यति धेरै वास्ता गरिनन् र विमानबाट उत्रने बेलासम्म केही आराम पनि महसुस भइसकेको थियो । तर रातभरमा उनको अवस्था निकै खराब भयो र उनी अस्पताल पुग्नुपर्‍यो ।

अर्को बिहान उनले आफ्नै आमा पनि चिन्न सकिनन् । उनको मिर्गौलाले काम गर्न छोड्यो। उनको मस्तिष्क सुन्नियो र मूर्च्छा पर्न थालिन् । उनका आमाबुबाले उनलाई तत्काल उद्धार गरेर संयुक्त राज्य अमेरिका पुर्‍याए । त्यहाँ उनलाई ई कोलाई ब्याक्टेरियाको गम्भीर सङ्क्रमण भएको पुष्टि भयो ।

त्यसपछिको रात उनको अवस्था थप बिग्रिँदै गयो । र मृत्युअघि गरिने संस्कारका लागि पादरीलाई बोलाइयो । खानेकुरामा सरसफाइ नहुँदा कसरी विपत्ति निम्तिन सक्छ भन्ने विषयलाई प्रस्तुत गरिएको नेटफ्लिक्सको उक्त वृत्तचित्रमा स्टेफनीको कथालाई प्रमुखताका साथ चित्रण गरिएको छ ।

पादरीले प्रार्थना सुरु गरेपछि स्टेफनीका आँखा खुल्छन् र उनी बाँच्छिन् । तर उनी ई कोलाईको दीर्घकालीन असरबाट मुक्त हुन सक्दिनन् । “मेरो मिर्गौलामा रहेका छिद्रहरू कसिलो बनाउनका लागि मैले हरेक दिन औषधि सेवन गर्नुपर्छ,” वृत्तचित्रमा उनले भनेकी छिन् ।

“मेरा लागि मिर्गौला प्रत्यारोपण गर्ने एउटा सम्भावना छ । मैले बाँचुन्जेलसम्म डाइएलिसिस गर्नुपर्ने पनि हुन सक्छ । त्यो कुरा सुन्न पनि मन लाग्दैन ।” “मैले खाएको सलादले अहिले मेरो स्वास्थ्यमा दीर्घकालीन असर गरिरहेको छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित खानेकुराका कारण हरेक वर्ष ६० करोड मानिसहरू बिरामी हुन्छन् । सौभाग्यवश यस्तो रोगका कारण मृत्यु हुने ४ लाख २० हजार मानिसहरूको सूचीमा उनी परिनन् ।

आफू के खाँदै छु भन्ने बारे ख्याल गर्ने बानीले तपाईँको ज्यान जोगाउन सक्छ । आफू स्वस्थ रहनका लागि तपाईँले सकेसम्म खान नहुने कुराबारे बिल मार्लरका सुझाव यस्ता छन् ।

अप्रशोधित दूध र प्याक गरिएका जुस
मुद्दा दायर गर्ने अनुभवले मार्लरलाई अप्रशोधित दूध वा जुसहरूबारे बोल्न बाध्य बनाएको छ । स्टेफनीलाई बिरामी बनाएको ई कोलाई ब्याक्टेरियाको जोखिम यसमा पनि उत्तिकै हुन्छ ।

“अप्रशोधित दूधमा पाइने स्वास्थ्यलाई लाभ हुने गुणहरू यसबाट हुने जोखिमको तुलनामा कम छन् । मानिसहरूले १९ औँ शताब्दीमा यसमा भेटिएको रोग बारे बिर्सिइसकेका छन्,” खाद्य सुरक्षा विज्ञसमेत रहेका अधिवक्ता मार्लर भन्छन् ।

टुसा उम्रिएको काँचो दलहन
मार्लर कहिल्यै पनि टुसा उम्रिएका काँचा दलहन वा अन्य प्रकारका टुसाहरू खाँदैनन् । यिनीहरू विश्वमा खानेकुराकै कारण फैलिएका सबैभन्दा ठूला प्रकोपहरूसँग जोडिएका छन् ।

सन् २०११ मा जर्मनीमा फैलिएको एउटा प्रकोपको मुख्य कारक अङ्कुरित मेथीका दाना भएको बताइएको थियो । उक्त प्रकोपका कारण ९०० जनासम्म मानिसहरूको मिर्गौला खराब भएको थियो र ५० जनाभन्दा धेरै मानिसहरूको मृत्यु समेत भएको थियो ।

“खुला ठाउँमा हुर्किएका कारण यस्ता दानाहरू प्रदूषित हुन्छन् । जब हामी यसलाई भित्र ल्याएर सफा पानीमा राख्छौँ अनि टुसा उमार्नका लागि भिजाउँछौँ, त्यो ब्याक्टेरिया हुर्कने सबैभन्दा सहज तरिका हो,” मार्लर भन्छन् । “खाद्य सुरक्षाको क्षेत्रमा काम गर्ने कसैले पनि काँचो टुसा पलाएको खानेकुरा खाने गरेको मलाई थाहा छैन ।”

राम्रोसँग तयार नगरिएको मासु
मासु काटेर टुक्रा बनाउने क्रममा त्यसको बाहिरी भागमा रहेको ब्याक्टेरिया भित्रसम्म मिसिन्छ । त्यही कारण मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ । हामीलाई गम्भीर बिरामी बनाउन धेरै ब्याक्टेरियाहरूको आवश्यकता नै हुँदैन ।

“करिब ५० ई कोलाई ब्याक्टेरियाहरू हाम्रो मृत्युका लागि पर्याप्त छन् । यी ब्याक्टेरियाहरू यति साना हुन्छन् कि सियोको टुप्पोमा यस्ता १००,००० ब्याक्टेरियाहरू अटाउँछन् । यो हामीले देख्न सकिने, स्वाद पाउन सकिने वा गन्ध थाहा पाउने कुरा होइन,” मासु राम्रोसँग पकाएर मात्रै खानु सबैभन्दा सुरक्षित उपाय रहेको बताउँदै मार्लर भन्छन् ।

रोगकारक ब्याक्टेरिया मार्नका लागि हामीले खाने मासु कम्तीमा ६९ डिग्री सेल्सियस भित्री तापक्रम हुने गरी पकाउन उनको सुझाव छ । पकाउने क्रममै उच्च तापक्रम चाहिने तयारी मासु तुलनात्मक रूपमा सुरक्षित हुने उनी ठान्छन् ।

नपखालिएको र काँचो सब्जी र फलफूल
“तपाईँले बर्गर खाँदा सबैभन्दा खतरा बर्गरबाट हुँदैन । त्यहाँ हालिएको प्याज, सलाद र गोलभेँडाबाट चाहिँ खतरा हुन सक्छ,” विषादी सम्बन्धी खाद्य सुरक्षा परामर्शदाता मन्सुर समदपुर भन्छन् ।

सन् २००६ मा पालुङ्गोसँग जोडिएको एउटा मुख्य ई कोलाई प्रकोप फैलिएको थियो । जसमा अमेरिकामा २०० जना भन्दा बढी मानिसहरू बिरामी परेका थिए भने पाँच जनाको मृत्यु भएको थियो ।

यसमा पीडित भएका अधिकांश मानिसहरूको तर्फबाट मार्लरले कानुनी प्रतिनिधित्व गरेका थिए । क्यालिफोर्नियाको एउटा पालुङ्गो खेती भएको ठाउँमा जनावरहरू पसेपछि बिस्टाका कारण पालुङ्गो ई कोलाई ब्याक्टेरियायुक्त भएको पाइएको थियो ।

जब उक्त पालुङ्गो काटेर बजारमा पठाउनुअघि तीन पटक पखाल्ने ठाउँमा पठाइयो त्यहाँबाट बाँकी पालुङ्गोमा पनि ब्याक्टेरिया सरेको थियो । त्यही पालुङ्गो देशभरी पुग्दा धेरै जना बिरामी परेका थिए । “यदि धेरै मानिसहरूले त्यसलाई चलाए र त्यो प्रदूषित छ भने फैलावट अझै धेरै तीव्र हुन्छ,” मार्लर भन्छन् ।

काँचो र नपकाएको अण्डा
अण्डामा हुने जोखिम स्याल्मनेला सङ्क्रमणका कारण हुन्छ । यो झाडापखाला, ज्वरो, उल्टी र पेट दुखाई निम्त्याउने धेरै ठाउँमा पाइने ब्याक्टेरिया हो । यसबाट धेरै साना बच्चाहरू र वृद्ध मानिसहरू गम्भीर बिरामी पर्न सक्छन् र मृत्यु पनि हुन सक्छ ।

अण्डाका कारण ठूलो विपत्ति निम्तिएका घटनाहरू पनि इतिहासमा धेरै पुराना भइसकेका छैनन् । सन् १९८८ मा स्याल्मनेलाको त्रासले यूकेको सरकारलाई २० लाख कुखुराहरू मार्ने आदेश दिन बाध्य बनाएको थियो । यस्तै प्रकारको चेतावनीपछि सन् २०१० मा अमेरिकी सरकारले ५० करोड अण्डाहरू बजारबाट फिर्ता गराएको थियो ।

मार्लरका अनुसार अण्डाहरू यसअघि भन्दा हिजोआज सुरक्षित छन् । यद्यपि सावधानी अपनाउन उनको आग्रह छ र उनी काँचो वा राम्रोसँग नपकाइएको अण्डा खाँदा उपभोक्ताहरूमा जोखिम कायमै रहेको बताउँछन् ।

“करिब १० हजार मध्ये एउटा अण्डाको खोल भित्र स्याल्मनेला हुन्छ । कुखुराको अण्डाशयमा स्याल्मनेला विकास हुन्छ त्यो अण्डाभित्र जान्छ र त्यसलाई पकाएर खानु भन्दा अर्को विकल्प तपाईँसँग हुँदैन,” उनी भन्छन् ।

काँचो ओइस्टर्स् र नपकाएको शेलफिस
ओएस्टर र नपकाएको शेलफिस खाँदाको जोखिम भनेको तिनीहरूले पानी निलेर त्यहाँभित्र रहेको खानेकुरा फिल्टर गरेर खान्छन् । यदि पानीमा ब्याक्टेरिया वा भाइरल सङ्क्रमण भएको रहेछ भने त्यो सहजै खाद्य सञ्जालमा मिसिन्छ ।

मार्लर विश्व तापमान वृद्धिले उक्त समस्यालाई थप बढाएको बताउँछन् । “समुद्रको तापक्रम बढ्दै जाँदा ओएस्टरमा हुने सङ्क्रमण, हेपाटाइटिस, नोरोभाइरस जस्ता प्रदूषणको क्रम बढ्छ,” उनले भने ।

प्याक गरिएका स्यान्डविचहरू
“स्यान्डविच खानुअघि त्यसको उत्पादन मिति राम्रोसँग हेर्नुपर्छ । सकेसम्म तपाईँ आफैँले बनाएको खानेकुरा वा तपाईँकै सामुन्ने बनाएका खानेकुरा खानु राम्रो,” मार्लरको सुझाव छ ।

उनका अनुसार स्यान्डविच ताजा भएन भने त्यो ठूलो जोखिमको कारण बन्न सक्छ । त्यसले लिस्टरिआ मोन्टोसाइटोजिन्स भन्ने एकदमै खराब कीटाणु हामीमा पुर्‍याउन सक्छ । उनका अनुसार यो अमेरिका सहित विश्वका अन्य स्थानमा पनि मृत्यु निम्त्याउने प्रमुखमध्येको कारक हो र यो कीटाणु भएको खानेकुरा खाने जो कोहीलाई अस्पताल पुर्‍याउँछ ।

“लिस्टरिआ रेफ्रिजरेटरमा हुने तापक्रममा राम्रोसँग हुर्कन सक्छ । कसैले स्यान्डविच बनाउने बित्तिकै खायो भने यसको जोखिम निकै कम हुन्छ । तर तयार गरिएको स्यान्डविच एक हप्तासम्म फ्रिजमा राखेर तपाईँले खानुभयो भने यसमा लिस्टरिआका कीटाणु प्रशस्तै हुर्कन पाउँछन् र त्यो खानेकुरा खाएपछि तपाईँ बिरामी हुन सक्नुहुन्छ,” उनी भन्छन् ।

‘सुशी खाँदा जोखिम छैन’
धेरै मानिसहरूले आशङ्का गर्ने गरेको जापानी प्रसिद्ध परिकार सुशी खानेकुरासँग मार्लर निकै कम मात्र डराउँछन् । उनका अनुसार यो कहाँ किनिएको भन्ने कुरामा भने ध्यान दिनुपर्छ । “म प्रायःजसो राम्रा रेस्टुराँहरूमै जान्छु । माछाबाट कीटाणु मिसिने जोखिम त्यस्तोमा धेरै हुँदैन,” उनी भन्छन् ।

“म स्टोरहरू वा (तयारी खानेकुरा लगायत किराना सामान पनि बेच्ने) पेट्रोल पम्प बाट सुशी किन्दिनँ । राम्रो सुशी रेस्टुराँ निकै सुरक्षित हुन्छ किनभने ब्याक्टेरियाको सङ्क्रमणमा माछाहरूबाट कम जोखिम हुन्छ,” उनले भने । मार्लर जोखिमको मात्रा अनुसार आफू खानेकुराहरूमा सहजता वा असहजता महसुस गर्ने गरेको बताउँछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.