वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी पुरा गरेको जनाएको छ । सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्य तय गरेसँगै बोर्डले तीव्र रुपमा काम अघि बढाएको हो ।
यसअघि एसइई नतिजा प्रकाशनमा करिब तीन महिना लाग्ने गरे पनि यस वर्ष पहिलोपटक छोटो अवधिमै नतिजा सार्वजनिक गर्न लागिएको र्बोडले जनाएको छ ।
र्बोडका अनुसार निर्धारित समयमै नतिजा प्रकाशन सुनिश्चित गर्न आवश्यक जनशक्ति परिचालन गरिएको छ । प्राविधिक प्रक्रिया समयमै सम्पन्न भए नतिजा तोकिएको मितिभन्दा केही दिनअघि नै सार्वजनिक हुन सक्ने सम्भावना पनि रहेको अधिकारीहरुले बताएका छन् ।
चैत १५ गतेदेखि सुरु भएर २९ गते सम्पन्न भएको यस वर्षको एसइईको नतिजा छिटो सार्वजनिक गर्न बोर्डले अपनाएको विकेन्द्रीकृत प्रणाली प्रभावकारी भएको बताइएको छ ।
सम्पूर्ण प्रक्रिया पुरा भएपछि बोर्ड बैठकमार्फत नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गरिनेछ । विगतका वर्षहरुमा भने एसइई नतिजा जेठ अन्तिम वा असार पहिलो सातातिर मात्र सार्वजनिक हुने गरेको थियो ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
