एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
काठमार्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारेको छ ।
कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानलाई प्रतियोगिताअनुकूल बनाउन पूर्वाधारको काम अघि बढाइएको हो । मैदानसँगै प्रवेशद्धार,दर्शक व्यवस्थापन र अन्य आवश्यक संरचनाको काम अहिले अन्तिम चरणमा पुगेको छ ।
मैदान परिसरमा आवश्यक भौतिक सरचना निर्माणसँगैै पर्खाल निर्माणको कामसमेत भइरहेको छ । प्रतियोगिता सुरु हुनुअघि सबै तयारी पूरा गर्ने गरी काम अघि बढाइएको जनाइएको छ । एनपीएलपछि पनि त्रिवि क्रिकेट मैदान व्यस्त रहने भएको छ । एनपीएल सकिएलगतै यही मैदानमा एउटा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना हुने बताइएको छ ।
मैदानमा फ्लडलाइटको व्यवस्था भइसकेकाले अब दिनमा मात्रै नभई रातिको समयमा समेत क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने भएको छ । यसले त्रिवि मैदानलाई आगामी घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि थप उपयोगी बनाउने देखिएको छ ।
सम्बन्धित समाचार
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
