एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकु तथा आइकार सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.र सिद्धार्थ बैंक लिमिटेड बीच नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ को अवसरमा ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ।
यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नुका साथै सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकुको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुट प्राप्त गर्ने जनाइएको छ। यो योजना एनपीएल सिजन ३ को अवधिभर लागू हुनेछ र नेपालभर रहेका सबै आधिकारिक ओमोडा एन्ड जेइकु डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उपलब्ध हुनेछ भने यसले देशभरका ग्राहकलाई उक्त विशेष लाभ सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्ने बताइएको छ।
यो साझेदारीले नेपाल प्रिमियर लिगमार्फत नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सक्रिय रूपमा योगदान गर्दै आएका दुई प्रमुख ब्रान्डलाई एकै ठाउँमा ल्याएको जनाइएको छ। सिद्धार्थ बैंक एनपीएलको टाइटल स्पोन्सर तथा ओमोडा एन्ड जेइकु एनपीएलको को-स्पोन्सरका रूपमा सिजन ३ मा पनि आबद्ध हुनुका साथै दुवै ब्रान्ड एनपीएलको पहिलो सिजनदेखि नै यस प्रतियोगितासँग जोडिँदै क्रिकेटको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएका छन् भने यसले नेपाली क्रिकेट तथा क्रिकेटप्रतिको नेपाली जनताको उत्साह र लगावप्रति दुवै ब्रान्डको निरन्तर प्रतिबद्धता दर्शाउँने दाबी गरिएको छ।
यस साझेदारीले ओमोडा एन्ड जेइकुका सवारीसाधन खरिद तथा स्वामित्व अनुभवलाई थप लाभदायी बनाउने अपेक्षा गरिनुका साथै सवारीसाधन खरिद, फाइनान्सिङ तथा सर्भिस चार्जमा विशेष लाभ उपलब्ध हुने भएकाले ग्राहकले एनपीएल सिजन ३ को अवधिभर यस योजनाबाट लाभ लिन सक्ने जनाइएको छ।
नेपाल प्रिमियर लिगको सुरुवाती सिजनदेखि नै सहकार्य गर्दै आएका दुवै ब्रान्डले सिजन ३ मा पनि आफ्नो साझेदारीलाई निरन्तरता दिएका बताइएको छ। यस साझेदारीले नेपाली क्रिकेटलाई समर्थन गर्ने साझा प्रतिबद्धतालाई थप मजबुत बनाउँदै देशभरका ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने उद्देश्यलाई समेत अघि बढाएको जनाइएको छ।
सम्बन्धित समाचार
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
