भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर र मनोरञ्जनात्मक गतिविधिको अवसर प्रदान गर्ने जनाइएको छ।
कम्पनीका अनुसार,आफ्नो पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले यहाँ २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नुका साथै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा उपलब्ध भएकाले ग्राहकले आफ्नो आवश्यकताअनुसार नयाँ मोटरसाइकल रोज्न सक्नेछन्।
मोटरसाइकल खरिद र एक्सचेन्जलाई मात्र केन्द्रमा नराखी कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएको बताइएको छ । यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं–तिहारको अवसरमा आफ्नो रुचि र उत्साहसँग जोडिन थप अवसर दिने कम्पनीको दाबी छ।
बजाजका अनुसार ‘गेम अफ पावर’ ले मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ । एक्सचेन्ज कार्निभल त्यसैको प्रत्यक्ष अनुभव दिने अवसरका रूपमा ल्याइएको हो, जहाँ ग्राहकले आफ्नो पुरानो बाइकबाट नयाँ बजाजतर्फको यात्रालाई थप सहज र आकर्षक बनाउन सक्ने जनाइएको छ।
कार्निभलमा सहभागी हुन चाहने ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डपमा पुगेर एक्सचेन्ज तथा उपलब्ध सुविधाबारे जानकारी लिन सक्ने बताइएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
