Jankari Kendra
१८ आश्विन २०८३, आईतवार
Worldlink

लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, १८
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सारथी इकुटरले काठमाडौंको लैनचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले असोज १६ गते शुक्रबारदेखि लैनचौरस्थित नयाँ शोरुमबाट आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको बताइएको छ।

ग्राहकलाई विद्युतीय स्कुटरको खरिद, टेस्ट राइड तथा बिक्रीपछिको सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । लैनचौरको नयाँ शोरुम सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा सारथी इकुटरका ७ वटा शोरुम सञ्चालनमा आएका छन भने सारथी इकुटरले काठमाडौं उपत्यकामा मात्र नभई देशका प्रमुख शहरहरूमा समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाइएको छ । उपत्यकाबाहिर प्रमुख शहर तथा बजारका १३ स्थानमा गरी सारथी इकुटरका हालसम्म अधिराज्यभरी २० स्थानमा शोरुम सञ्चालनमा रहेका छन्, जसले कम्पनीको देशव्यापी बिक्री तथा ग्राहक सेवा सञ्जाललाई थप मजबुत बनाएको बताइएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गइरहेको अवस्थामा सारथी इकुटरले ग्राहकको आवश्यकता र नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै विभिन्न मोडलका विद्युतीय स्कुटर उपलब्ध गराउँदै आएको जनाएको छ । आधुनिक प्रविधि, आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।

कम्पनीसँग अहिले लाइसेन्स नचाहिने ३५० वाट क्षमताको मोटर भएको स्कुटर देखि अधिकतम् ४०० किलोमिटरसम्म रेन्ज भएको विद्युतीय स्कुटर उपलब्ध रहेको बताइएको छ ।

लैनचौरस्थित नयाँ शोरुममा ग्राहकले सारथी इकुटरका विभिन्न मोडल प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट राइड, मुल्य, फाइनान्सिङ तथा एक्सचेन्ज सुविधाबारे जानकारी लिन सक्ने कम्पनीले बताएको छ ।

सारथी इकुटरले विद्युतीय सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको सहज उपलब्धतालाई आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ ।  ग्राहकलाई सवारीसाधन खरिदपछि पनि भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न स्थानमा सेवा तथा बिक्री नेटवर्क विस्तार गरिएको कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले बताए ।

सारथी इकुटरले नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज, भरपर्दो र दीर्घकालीन विकल्पका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा पनि आफ्नो उत्पादन, शोरुम तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई निरन्तरता दिने जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स