एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा हेर्न सकिने विभिन्न माध्यमहरुको विवरण सार्वजनिक गरेको छ ।
कार्यालयले जारी गरेको सुचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
परीक्षार्थीहरुले मोबाइलमार्फत एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकम : १६०० (SMS, USSD र IVR सेवा)
जानकी टेक्नोलाजी : ३५००१ (SMS सेवा )
एम्ब्सिन गुरु : ३१०६९ (SMS सेवा )
वेबसाइटमार्फत नतिजा हेर्ने सुविधा
इन्टरनेट प्रयोगकर्ताका लागि विस्तृत नतिजा र मार्कसिट हेर्न विभिन्न सरकारी तथा निजी वेबसाइटहरु उपलब्ध गराइएको कार्यालयले जनाएको छ । प्रमुख वेबसाइटहरु निम्नानुसार छन् :
आधिकारीक सरकारी वेबसाइट :
www.see.gov.np
www.neb.gov.np
नेपाल टेलिकम :
www.see.ntc.net.np
अन्य वेबसाइटहरु
www.ekantipur.com
www.see.edusanjal.com
Khalti.App
त्यस्तैगरी निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका प्लेटफर्महरु
परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न तथा अनावश्यक भ्रममा नपर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

