• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • १३ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • १३ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • १५ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • १५ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १६ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १७ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • २. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • ३. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ६. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ९. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • १०. ट्रक दुर्घटना हुँदा चालकको निधन

एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि मेयर शाहले दिए १० दिने अल्टिमेटम

जानकारी केन्द्र २०८०, मंसिर, २०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका छन् ।

आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दैै मेयर शाहले आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको जनाउँदै दर्ता गरेर मात्रै औषधी पसल सञ्चालन गर्न र चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका छन । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीको एक टोलीले बूढानीलकण्ठमा अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेपछि मेयर शाहले कडाईको चेतावनी दिएका हुन् ।

उनले काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको जनाएका छन् ।

ओषधि व्यवस्थापन विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका– १० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको थियो । विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ।

यस्तो छ मेयर शाहको फेसबुक स्ट्याटस

हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौ । यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाइहरूलाई थाहा नै छ । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ ।

काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ ।

यसका साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौ । त्यसैले हामीले यही महिनाको २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौ ।

अतः माथि उल्लेख भए अनुसारको समय भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९  तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्ने सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौ ।

यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क मार्फत महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.