अश्लिल हर्कत गर्ने उपसचिव पुरस्कृत, पाए पर्सा मालपोत प्रमुखको जिम्मेवारी
काठमाडौं । सरकारी क्वार्टरभित्रै डिभोर्सी महिलासँग अश्लील हर्कत गरेर विवादमा तानिएका उपसचिव डमरुप्रसाद निरौलाले आकर्षक कार्यालयको जिम्मेवारी पाएका छन् ।
गत साउन १३ गते निरौला झापा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा सरकारी क्वाटरमा एक डिभोर्सी युवतीसँग अश्लील हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा छरपष्ट भएको थियो ।
साउन दोस्रो साता झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै उनलाई सामान्यले अतिरिक्त समूहमा तानेको थियो ।
करिब ४ महिनासम्म निरौला मन्त्रालको अतिरिक्त समूहमा बसे । मंसिर दोश्रो साता उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो । भूमि व्यवस्था आउने बित्तिकै उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको पाइएको छ ।
कार्यालयमै यौनजन्य क्रियाकलापमा संग्लग्न रहेका अधिकृत काजिमान राई र रेश्मा राईहरुलाई साधरण सोधपुछ, स्पष्टीकरण समेत सोधिएन । उसैगरी डमरुलाई समेत केरकार, स्पष्टीकरण समेत नसोधी महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिएर पठाइएको पाइएको हो ।
उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालय मातहतको पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो । प्रशासन समूहका कर्मचारीहरू पर्सा मालपोत कार्यालय जान मरिहत्ते गर्ने गरेका कारण यसलाई आकर्षक मानिन्छ ।
यता यस्तै हर्कत सार्वजनिक भएपछि काजीमान राईलाई साधारण स्पष्टीकरण समेत नसोधी पालिकाकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको र उनीसँगै कार्यकक्षमै यौनजन्य गतिविधि गर्ने लेखा अधिकृत रेश्मा राईलाई सामान्य प्रशासनमा तानिएको छ ।
निजामती सेवा ऐन ०४९ मा सजाय सम्बन्धि व्यवस्था गरिएको छ । ऐनको दफा ५९ ले सामान्य सजाय अन्तरगत नसिहत दिने, दुई देखि पाँच वर्षसम्म बढूवा रोक्का गर्नेदेखि तलब बृद्धिसम्म रोक्का गर्न सक्ने व्यवस्था गरेको छ ।
यस्तै भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तसम्म गर्न सक्ने व्यवस्था ऐनमा भएपनि कार्यन्वयन नगर्ने वा कर्मचारीलाई बचाउमा लाग्ने परिपाटीले निजामती वृत्तमा दण्डहिनता मौलाउँदै गएको देखिन्छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह