• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ७. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ८. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • ९. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

रमाइलो क्षेत्र जगडोल डाँडा, पिकनिक एवम् हाईकिङका लागि उत्कृष्ट क्षेत्र

काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो, गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको दूरीमा रहेको यो पिकनिक स्पट ६५० रोपनीमा फैलिएको छ । ठूलो जंगल र वरपर घुम्नको लागि राम्रो वातावरण भएको यस क्षेत्रमा रमाइलो गर्दै दिन विताउन सकिन्छ ।

अहिले काठमाडौं उपत्यकामा एक दिने पैदल यात्रा (हाईकिङ) गर्ने चलन पनि बढेको छ । कुनै सार्वजनिक विदाको दिन वा शनिबारका दिन काठमाडौंका हाईकिङ रुटहरुमा युवाहरुको राम्रै उपस्थिति देखिन्छ । त्यसमध्य हाईकिङका लागि एक उत्कृष्ट विकल्प हो, जगडोल डाँडा ।

जगडोल डाँडामा रहेको गोकर्ण पार्कसँगै झण्डापार्कले सबैलाई छुट्टै आनन्दको महसुस दिनेछ । काठमाडौं उपत्यकाभित्र एक डेढ घन्टामै पुग्न सकिने जगडोल डाँडा हाईकिङ रुटमा यात्रा गर्न रुचीकर लाग्नेहरुका लागि पनि उत्कृष्ट गन्तव्य हो।

काठमाडौं उपत्यकाभित्र रहेका अनेकौँ हाईकिङ रुटहरुमध्ये हिँड्नका लागि तुलनात्मक रुपमा निकै सहज, धेरै उकाली ओराली नभएको, छोटो समयमा पुग्न र फर्किन सकिने, खुल्ला ठाउँसहित पदमार्ग भरी निकै सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर नजिक रहेको पुरानो फलामे पुलबाट यज्ञडोल (जगडोल) सामुदायिक वन हुँदै उत्तर लागेर वा चावहिलको चुच्चेपाटी, महाङ्काल, आरुवारी हुँदै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) एवम् झण्डापार्क पुग्न सकिन्छ ।

चक्रपथ-बुढानिलकण्ठ रुटमा पर्ने भङ्गालबाट पूर्व लागेर चुनिखेल हुँदै पनि जगडोल पुग्न सकिन्छ । यो क्षेत्र बच्चाहरु देखि हिँड्न नसक्ने वृद्धहरुका लागि समेत सहज र उपयुक्त स्थान हो ।

वनभोज गर्न एवम् रमणीय स्थानमा टहलिने उद्देश्यले उपत्यकाका धेरै मानिसहरु यहाँ पुग्छन् । मन्त्रिपरिषद्को वि.सं. २०६४ जेठ ११ गतेको निर्णय अनुसार यहाँ स्मारक निर्माण गरिएको छ ।

पौराणिक कालमा लङ्काका राजा रावणले यज्ञ गर्दा जम्मा भएको चरुको थुप्रोले करिब ६५० रोपनी क्षेत्रफलको यो डाँडो निर्माण भएको धार्मिक विश्वास छ । यसैले यस वनको नाम यज्ञडोल अर्थात् जगडोल रहेको स्थानीयवासी बताउँछन् ।

वैदिक सनातन धर्मावलम्बीले दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्दा २१ कुलसम्मका पितृ तर्छन् भन्ने मान्यता रहेको गोकर्णेश्वर महादेव मन्दिरसँगै यो क्षेत्र अवस्थित छ । वि.सं. २०६७ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत स्मारकमा निर्माण भएको हो ।

लखन थापासहित राणाको शासनको अन्त्यदेखि दोस्रो जनआन्दोलनसम्म स्वतन्त्रताका लागि लड्ने योद्धाको सम्झनामा गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क निर्माण गरिएको छ ।

वि.सं. २०६२/६३ को पछिको मधेश आन्दोलनमा शहीद भएकाको सम्झनामा समेत स्मारकका संरचनामा नाम कुदिएको छ । स्मारक निर्माण आयोजना सरकार, समुदाय र निजी साझेदारीमा वि.सं. २०६७ देखि काम अघि बढेको थियो ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा फैलिएको रमणीय स्थलको सामुदायिक वनमा स्वीकृत वन कार्ययोजना अनुसार स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि शहादत प्राप्त गर्ने शहीदको स्मृतिमा स्मारक बनाइएको हो ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
    प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

    लोकप्रिय

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
    • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
    • प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
    • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.