• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ जेठ २०८३, बुधबार
२७ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ११ घण्टा 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ११ घण्टा 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ११ घण्टा 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • २ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • २ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • २ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ४ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ५ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?

  • २. एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

  • ३. पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

  • ८. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ९. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • १०. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

रमाइलो क्षेत्र जगडोल डाँडा, पिकनिक एवम् हाईकिङका लागि उत्कृष्ट क्षेत्र

जानकारी केन्द्र २०८०, मंसिर, २७

काठमाडौंबाट एकदमै नजिक रहेको रमणीय पिकनिक स्पट हो, गोकर्ण पार्क । जोरपाटीबाट तीन किलोमिटरको दूरीमा रहेको यो पिकनिक स्पट ६५० रोपनीमा फैलिएको छ । ठूलो जंगल र वरपर घुम्नको लागि राम्रो वातावरण भएको यस क्षेत्रमा रमाइलो गर्दै दिन विताउन सकिन्छ ।

अहिले काठमाडौं उपत्यकामा एक दिने पैदल यात्रा (हाईकिङ) गर्ने चलन पनि बढेको छ । कुनै सार्वजनिक विदाको दिन वा शनिबारका दिन काठमाडौंका हाईकिङ रुटहरुमा युवाहरुको राम्रै उपस्थिति देखिन्छ । त्यसमध्य हाईकिङका लागि एक उत्कृष्ट विकल्प हो, जगडोल डाँडा ।

जगडोल डाँडामा रहेको गोकर्ण पार्कसँगै झण्डापार्कले सबैलाई छुट्टै आनन्दको महसुस दिनेछ । काठमाडौं उपत्यकाभित्र एक डेढ घन्टामै पुग्न सकिने जगडोल डाँडा हाईकिङ रुटमा यात्रा गर्न रुचीकर लाग्नेहरुका लागि पनि उत्कृष्ट गन्तव्य हो।

काठमाडौं उपत्यकाभित्र रहेका अनेकौँ हाईकिङ रुटहरुमध्ये हिँड्नका लागि तुलनात्मक रुपमा निकै सहज, धेरै उकाली ओराली नभएको, छोटो समयमा पुग्न र फर्किन सकिने, खुल्ला ठाउँसहित पदमार्ग भरी निकै सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर नजिक रहेको पुरानो फलामे पुलबाट यज्ञडोल (जगडोल) सामुदायिक वन हुँदै उत्तर लागेर वा चावहिलको चुच्चेपाटी, महाङ्काल, आरुवारी हुँदै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) एवम् झण्डापार्क पुग्न सकिन्छ ।

चक्रपथ-बुढानिलकण्ठ रुटमा पर्ने भङ्गालबाट पूर्व लागेर चुनिखेल हुँदै पनि जगडोल पुग्न सकिन्छ । यो क्षेत्र बच्चाहरु देखि हिँड्न नसक्ने वृद्धहरुका लागि समेत सहज र उपयुक्त स्थान हो ।

वनभोज गर्न एवम् रमणीय स्थानमा टहलिने उद्देश्यले उपत्यकाका धेरै मानिसहरु यहाँ पुग्छन् । मन्त्रिपरिषद्को वि.सं. २०६४ जेठ ११ गतेको निर्णय अनुसार यहाँ स्मारक निर्माण गरिएको छ ।

पौराणिक कालमा लङ्काका राजा रावणले यज्ञ गर्दा जम्मा भएको चरुको थुप्रोले करिब ६५० रोपनी क्षेत्रफलको यो डाँडो निर्माण भएको धार्मिक विश्वास छ । यसैले यस वनको नाम यज्ञडोल अर्थात् जगडोल रहेको स्थानीयवासी बताउँछन् ।

वैदिक सनातन धर्मावलम्बीले दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्दा २१ कुलसम्मका पितृ तर्छन् भन्ने मान्यता रहेको गोकर्णेश्वर महादेव मन्दिरसँगै यो क्षेत्र अवस्थित छ । वि.सं. २०६७ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत स्मारकमा निर्माण भएको हो ।

लखन थापासहित राणाको शासनको अन्त्यदेखि दोस्रो जनआन्दोलनसम्म स्वतन्त्रताका लागि लड्ने योद्धाको सम्झनामा गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राष्ट्रिय शहीद तथा शान्ति स्मारक पार्क निर्माण गरिएको छ ।

वि.सं. २०६२/६३ को पछिको मधेश आन्दोलनमा शहीद भएकाको सम्झनामा समेत स्मारकका संरचनामा नाम कुदिएको छ । स्मारक निर्माण आयोजना सरकार, समुदाय र निजी साझेदारीमा वि.सं. २०६७ देखि काम अघि बढेको थियो ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा फैलिएको रमणीय स्थलको सामुदायिक वनमा स्वीकृत वन कार्ययोजना अनुसार स्वतन्त्रता र लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि शहादत प्राप्त गर्ने शहीदको स्मृतिमा स्मारक बनाइएको हो ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

ताजा

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.