• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
  • ६ घण्टा 

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ७ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ८ घण्टा 

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
  • ९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • २. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ३. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ८. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ९. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • १०. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

प्रधानमन्त्री प्रचण्डको दाबीः ‘महँगी नियन्त्रणमा दुई वर्ष यताकै उल्लेख्य प्रगति भएको छ’

जानकारी केन्द्र २०८०, पुष, ६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई आज विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो,’– प्रधानमन्त्री दाहालले भने ।

उनले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको उल्लेख गर्दै महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको बताए ।

‘एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महँगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महँगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।

‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो,’– उनले भने ।

मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”को सम्बोधन

(६ पुस २०८०, विराटनगर)
उद्योग व्यापार मेला एक्स्पो २०२३ का अध्यक्षज्यू,
प्रतिनिधिसभाका माननीय सदस्यहरु,
प्रदेशसभाका माननीय सदस्यहरु,
कार्यक्रमका अन्य अतिथिगण,
निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
आयोजक साथीहरु,
सञ्चारकर्मी मित्रहरु,
उपस्थित आदरणीय जनसमुदाय ।

१. नेपालको पहिलो औद्योगिक नगरी विराटनगरमा आयोजित यो ऐतिहासिक व्यापार मेलामा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी आफ्ना विचारहरु र नेपाल सरकारको धारणा राख्ने अवसर प्राप्त गर्नुभएकोमा आयोजकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै मोरब व्यापार मेला एक्स्पो २०२३ को भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. निजी क्षेत्रको प्रतिनिधि संस्था मोरब व्यापार संघले विगतका वर्षहरुमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवद्र्धन एवं अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु, स्वदेशी उत्पादन र सेवाहरु लगायतका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार बिस्तारका साथै प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यहरुको प्रचारप्रसार लगायतका कैयौं प्रवर्धनात्मक कार्यहरुका निम्ति यो मेलाको आयोजना गरिएको मैले जानकारी पाएको छु । यसका निम्ति आयोजकहरुमा धन्यवाद व्यक्त गर्दछु ।

३. सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो । एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको छ । तपाईहरुले आयोजना गर्नुभएको एक्स्पोले पनि अर्थतन्त्रलाई चलायमान गरी आर्थिक गतिविधिहरुलाई तीव्रता दिई आम नागरिकमा देखिएको निरासा सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्नेछ ।

४. एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ । भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको छ । निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको छ । यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो ।

५।.चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ । पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । रेमिटेन्समा निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर तत्कालको संकट निवारणका दृष्टिले यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहन्छ । चालु आर्थिक वर्ष २०८०।८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । यो अर्थतन्त्रको सुधारमा महत्वपूर्ण सूचक हो ।

६. यस अवधिमा एकातर्फ बैंकको ब्याजदर घटाइएको छ भने अर्कोतर्फ बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ । राष्ट्रबैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको छ । राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यो आफैमा महत्वपूर्ण सुधार हो । अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिँदै जानेछ ।

७. पर्यटक आगमनमा यस वर्ष इतिहासकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२२ भरिमा आएका पर्यटकभन्दा सन् २०२३ को नोभेम्बरसम्म पर्यटक आगमन ४९ प्रतिशतले बढेर ९ लाख १८ हजार पुगेको छ । यी र यस्ता सूचकहरुले हाम्रो अर्थतन्त्रमा आएको सकारात्मक सुधारलाई प्रष्ट गर्दछन् ।

८. अर्थतन्त्रका सूचकहरुमा महत्वपूर्ण सुधार आइरहेको भए पनि आम नागरिक र व्यवसायीहरुको मनोविज्ञान सकारात्मक बनाउने चुनौती हाम्रासामु छ । “केही छैन, केही हुँदैन, केही सकिँदैन” भन्ने मनोविज्ञानबाट माथि उठेर “देश क्रमशः प्रगतिको बाटोमा छ, देशभित्रै केही गर्न सकिन्छ, हामीले केही गर्नैपर्दछ” भन्ने भाष्य निर्माण यतिबेला हाम्रो चुनौती र कार्यभार दुबै हुन आएको छ । यसका लागि तपाई व्यवसायीहरु र आम जनसमुदायले समेत सकारात्मक योगदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

९. यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा शुभारम्भ गरिएको विराटनगर–कटहरी–जोगवनी कार्गो रेल सञ्चालनका बारेमा तपाईहरुले राख्नुभएको चासोप्रति म जानकार छु । यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाइने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । यसका साथै अन्य नाकाहरुको सञ्चालनबारे पनि सरकारले गम्भीर रुपमा पहल लिनेछ ।

१०. खोटाबको हलेसी महादेव, ताप्लेजुबको पाथीभरादेवी मन्दिर, सुनसरीको बराह क्षेत्र, रामधुनीलगायतका धार्मिक तीर्थाटनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन, सगरमाथामा कोशी प्रदेशको अपनत्व स्थापित गरेर यस क्षेत्रको विकासमा गुणात्मकता दिन सकिन्छ । यसका लागिसमेत सरकारको तर्फबाट पहल भइरहेको जानकारी गराउँछु ।

११.संविधान र नागरिकता ऐनले आमाको नामबाट नागरिकता दिने प्रबन्ध गरे पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरणमा सहजीकरण नगरेको भन्ने गुनासोहरु पनि छन्, ती गुनासोहरु यथोचित रुपमा सम्बोधन गरिनेछ । त्यसका साथै विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने, मुआब्जाको समस्या समाधान गरी चक्रपथ निर्माणलाई गति दिनुपर्ने, विराटनगर जुट मिल लगायतका औद्योगिक प्रतिष्ठानहरुको सम्पत्ति संरक्षण गर्ने, राजस्व छलि र चुहावटलाई नियन्त्रण गर्ने र नदी नियन्त्रणका बारेमा तपाईहरुले जे–जति विषय उठाउनुभएको छ, मैले त्यसको सम्बोधनका लागि आवश्यक पहल लिने पनि विश्वास दिलाउँछु ।

१२. विश्वको सर्वोच्च शिखर सगरमाथा तपाईहरुकै प्रदेशमा पर्दछ । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएको बहुआयमिक संकटको नकारात्मक प्रभाव त्यस क्षेत्रमा समेत गहिरो गरी देखिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव आफै सगरमाथा क्षेत्रको भ्रमण गरी जलवायु परिवर्तनका असरहरुको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । अघिल्लो महिना सम्पन्न विश्व जलवायु सम्मेलन (कोप २८०)मा पनि मैले यसबारे गम्भीर रुपले नेपालको धारणा राखेको छु । यसले जलवायु परिवर्तनका कारण देखिएका संकट निवारणका निम्ति, नेपालले प्राप्त गर्नुपर्ने क्षतिपूर्तिका निम्ति र नेपालको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा निम्तिसमेत महत्वपूर्ण आधार प्रदान गरेको छ ।

१३. तपाईहरुलाई जानकारी नै छ– केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरिसकेको छ । यसलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न तथा निर्माण प्रक्रिया अगाडि बढाउन सरकार गम्भीर छ ।

१४. मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा हुँदैछ । एक वर्षको अवधिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएका छन् । तर, देशमा विद्यमान चुनौतीको सम्बोधनका दृष्टिले ती पर्याप्त छैनन् । आगामी दिनमा थप सक्रियताका साथ योजनावद्ध परिणाम दिने गरी मैले काम गर्ने तयारी गरिरहेको व्यहोरासमेत तपाईहरुलाई अवगत गराउँछु । सरकारको यो सकारात्मक र इमानदार प्रयासमा सधैझैं तपाईहरुको साथ, सहयोग र ऐक्यवद्धता रहनेमा म पूर्ण विश्वस्त छु ।

१५.अन्त्यमा, तपाईहरुको यो व्यापार मेला पूर्वी नेपालका साथै सिंगो देशको अथर्तन्त्रमा गति ल्याउन, स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरण गर्न तथा आम जनताको आर्थिक जीवनमा सकारात्मक योगदान दिन सक्षम हुने विश्वासका साथ फेरि एकपटक मोरङ व्यापार मेला एक्स्पो २०२३ को सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा
सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

ताजा

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, सबैभन्दा उच्च जोखिम काठमाडौंमा

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.