अध्यागमनमा कुटपिट काण्डः तीन दिनभित्र प्रहरीलाई कारबाही नगरे सेवा अवरुद्ध पार्ने चेतावनी
काठमाडौं । निजामती कर्मचारीका ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएको घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्नुपर्ने माग राखेका छन् । घटनामा संलग्न प्रहरीलाई तीन दिनभित्र कारबाही नभएमा देशैभरका सेवा अवरुद्ध पार्ने कर्मचारी संगठनहरुको चेतावनी छ ।
वाक थ्रुमा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच गत शुक्रबार दिउँसो हात हालाहाल भएको थियो ।
प्रहरीबाटै कर्मचारीहरू असुरक्षित हुन थालेको भन्दै ट्रेड युनियनहरूले आपत्ति जनाएको छ । उनीहरुले आज घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
‘घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापीरूपमा कार्यालयको सेवा बन्द गर्ने र आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं,’– ज्ञापनपत्रमा भनिएको छ ।


सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल