यू-१९ विश्वकप: टस हारेको नेपालले भारतविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ ।
टस जितेर भारतले सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्ता दिएको हो । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।
आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ ।
पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् । नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

